देउवा सर्ने भएपछि दाहाल वालुवाटार छाड्दै

Posted on: June 07, 2017 | views: 243

काठमाडौं। निर्वतमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार नै सरकारी निवास बालुवाटार छोड्ने तयारी गर्नु भएको छ ।

नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाको सपथ समारोह पछि निर्वतमान प्रधानमन्त्री प्रचण्डले बालुवाटार छोड्ने उहाँको निजी सचिवालयले जनाएको छ ।

दिउँसो पौने २ बजे प्रधानमन्त्री देउवाको सपथ समारोहमा सहभागी हुन राष्ट्रपति कार्यालय शितल निवास जाने र त्यहिँबाट निजी निवास जाने प्रचण्डका प्रेस सहयोगी मनहरी तिमल्सिनाले जानकारी दिनुभयो ।