माओवादी केन्द्रका तीन मन्त्री, महरा परराष्ट्र, जनार्दनले गृह पाए, प्रभुले शपथ खाने मन्त्रालय पछि

Posted on: June 07, 2017 | views: 237

काठमाडौं ।

शेर बहादुर देउवा नेतृत्वको सरकारमा नेकपा माओवादी केन्द्रको नेतृत्व कृष्णबहादुर महराले गर्ने भएका छन् ।

उनी उपप्रधान तथा परराष्ट्रमन्त्री हुनेछन् भने जनार्दन शर्मा प्रभाकरलाई गृहमन्त्री बनाउने निर्णय भएको छ ।

महरा यसअघि पुष्पकमल दाहाल नेतृत्वको सरकारमा माकेबाट उपप्रधान सहित अर्थ मन्त्री भएका हुन् भने शर्मा उर्जा मन्त्रीको रुपमा रहेका थिए ।

उज्यालो नेपाल अभियान चलाएर लोडसेडिगं हटाउने अभियानमा सफल भएका शर्मा माओवादी सरकारका लोकप्रिय मन्त्री हुन् भने विमानस्थल सुन तस्करी देखी एनसेल भ्याट उन्मुक्तिमा मौन रहेका महरा आर्थिक पारदर्शिता र मन्त्रालय सञ्चालनमा त्यती सफल देखिएका थिएनन् ।

यसैबिच माओवादीले नेता प्रभु शाहलाई पनि आजै सपथका लागि पठाउने भएको छ । यद्यपी माओवादीले शाहले पाउने मन्त्रालयको भने टुंगो लगाएको छैन ।

दोस्रो चरणको स्थानिय निर्वाचनको संघारमा तराईका नेताको पनि सरकारका प्रतिनिधित्व देखाउनको लागि पनि आवश्यक ठान्दै माओवादी केन्द्रले शाहलाई पनि आजै सरकारका पठाउने निर्णय गरेको हो ।

मन्त्रालयको टुंगो भने पार्टीभित्रका नेताहरुबिच भागवण्डा मिलाउन नसकेका कारण माओवादीले उनलाई मन्त्रालय नतोक्ने भएको हो ।