देउवाको सपथग्रहण बहिस्कार गर्ने पौडेल समूहको निर्णय, मन्त्री पनि नपठाउने

Posted on: June 07, 2017 | views: 353

काठमाडौं ।

नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाको सपथ ग्रहण समारोह नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहले बहिस्कार गर्ने भएको छ ।

उसले सरकारमा आफ्नो तर्फबाट मन्त्रीसमेत नपठाउने निर्णय गरेको छ ।

कांग्रेस सभापतिसमेत रहेका देउवाले सरकार गठनमा एकलौटी गरेको र मन्त्री चयन गर्दा पनि आफूहरुसँग छलफल नगरेको भन्दै पौडेल समूह असन्तुष्ट छ ।