काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा निर्वाचित भएका छन्।
व्यवस्थापिका संसद्मा मंगलबार भएको निर्वाचनमा झण्डै दुई तिहाई बहुमतबाट देउवा प्रधानमन्त्रीमा निर्वाचित भएका हुन्।
देउवालाई प्रधानमन्त्रीमा निर्वाचित गरियोस् भन्ने प्रस्तावमा ५ सय ५८ जनाले मतदान गरेकोमा देउवाको पक्षमा ३ सय ८८ मत र विपक्षमा १ सय ७० मत परेको छ।
प्रधानमन्त्रीमा निर्वाचित हुन संसदमा कायम कुल सदस्य संख्या ५९३ को बहुमत अर्थात २ सय ९७ मत आवश्यक थियो। तर देउवाले ३ सय ८८ मत ल्याएका हुन्। सभामुख ओनसरी घर्तीले प्रधानमन्त्रीमा शेरबहादुर देउवा बहुमतले निर्वाचित भएको घोषणा गरिन्। मंगलबारको बैठकमा ३५ जना सांसदहरु अनुपस्थित भएका थिए।
देउवाको पक्षमा मतदान गर्ने दलहरु नेपाली कांग्रेस : २०७ नेकपा माओवादी केन्द्र : ८२ राप्रपा: ३७ राष्ट्रिय जनता पार्टी नेपाल : २५ (तमलोपा ११, सद्भावना पार्टी ६, तराई मधेस सद्भावना पार्टी ३, राष्ट्रिय मधेस समाजवादी पार्टी ३, फोरम गणतान्त्रिक १, नेपाल सद्भावना पार्टी १) नेपाल लोकतान्त्रिक फोरम : १६ संघीय समाजवादी फोरम : १५ नेकपा संयुक्त : ३ समाजवादी जनता दल : १ अखण्ड नेपाल पार्टी : १ संघीय लोकतान्त्रिक मञ्च –थरुहट : १