संसद बैठक सुरु, शीर्ष नेताको सम्बोधन जारी

Posted on: June 06, 2017 | views: 86
काठमाडौं । व्यवस्थापिका संसदको बैठक सुरु भएको छ । बैठकमा शीर्ष नेताहरुले सम्बोधन गर्ने क्रम जारी छ । शीर्ष नेताको सम्बोधन पछि संसद बैठकले प्रधानमन्त्री चुन्नेछ । कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीको एकमात्र उम्मेदवार भएकाले उनी नेपालको ४० औं प्रधानमन्त्री निर्वाचित हुनेछन् ।