भरतपुरमा पुनः मतदान रोक्न सर्वोच्चमा परेको रिटको सुनुवाई आज, के आउला परिणाम ?

Posted on: June 05, 2017 | views: 264

काठमाडौं ।  निर्वाचन आयोगको निर्णयविरुद्ध  सर्बोच्च अदालतमा रिट दायर भएपछी त्यसको सुनुवाई आज हुने भएको छ । निर्वाचन आयोगको निर्णयविरुद्ध  सर्बोच्च अदालतमा नेकपा एमालेद्धारा आईतबार रिट दायर भएको थियो । 

भरतपुर १९ का एमाले सदस्य उम्मेदवार गुन्जमान विक र अधिवक्ता तुलसीराम पाण्डेले आइतबार रिट दर्ता गरेपछि उक्त रिटलाई प्राथमिकतामा राखी आजै सुनुवाई हुँदैछ । सर्वोच्चमा दायर भएको रिटमा भरतपुरको पुनःमतदान गराउने निर्वाचन आयोगको निर्णय बदर गरी च्यातिएका ९० मतपत्र बदर मानेर मतगणना कार्य सूचारु गर्न गराउन उत्प्रेषणयुक्त परमादेश माग गरिएको छ ।