अब सुध्रिन्छौँ, गुटबन्दीले कमजोर भयौँ : सभापती देउवा

Posted on: June 03, 2017 | views: 298

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले गुटबन्दीकै कारण पहिलो चरणको निर्वाचनमा पार्टीको अपेक्षाकृत नतिजा ल्याउन नसकेको बताएका छन् ।

देउवाले गुटबन्दीकै कारण पहिलो चरणका बेहोर्नुपरेको हारबाट सिक्दै दोस्रो चरणमा सुधार गर्ने बताएका हुन् । समाज पहिलो चरणको स्थानीय तह निर्वाचनमा कांग्रेसले गल्ती गरेको भन्दै दोस्रो चरणको निर्वाचनमा सच्याउन माग गर्दै देउवा निवास पुगेको थियो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुँदा गरिएको राजनीतिक निर्णयले पार्टी कमजोर बनेको समाजका नेताहरूले बताएका थिए । यस्ता राजनीतिक निर्णय र लोकप्रिय व्यक्तिलाई टिकट नदिँदा कांग्रेसले अपेक्षाकृत नतिजा निकाल्न नसकेको विषयमा ध्यानाकर्षण गराएको समाजका सदस्य लोकेश ढकालले जानकारी दिए ।