भरतपुरमा मतगणना नथाले आफैं गन्ने एमालेको चेतावनी, संसद बैठक अबरोध

Posted on: May 31, 2017 | views: 215

काठमाडौं ।

व्यवस्थापिका संसदको आजको बैठक नेकपा एमालेको अवरोधका कारण स्थगित भएको छ ।


चितवनको भरतपुुर महानगरपालिकाको मतणना रोकिएको विरोधमा एमालेले आजको संसद बैठक अवरोध गरेको हो ।


एमालले भरतपुरको मतगणना तत्काल शुरु गर्न माग गर्दै भरतपुरको मतगणना तलमाथि गरिए र तत्काल गणना थालनी नगरे अन्त कतै पनि निर्वाचन हुन नदिने समेत चेतावनी दिएको छ ।


संसद बैठकको शुरुमै सभामुखसंग समय लिएर नेकपा एमालेका सांसद सुरेन्द्र पाण्डेले, भरतपुरको मतगणनामा एमालेका उम्मेदवार देवी ज्ञवालीले जित्ने अवस्था आएपछि सुनियोजित रुपमा गणना रोकिएको भन्दै भरतपुरमा मतमत्र च्यातेर देखाइएको हर्कत एमालेलाई सैह्य नहुने बताउनु भयो ।


तत्काल मतगणना शुरु नगरे एमाले आफै भरतपुरको नजिता घोषणा गर्न बाध्ये हुने भन्दै एमाले सांसद पाण्डेले,  भरतपुरको मतगणना शुरु गरी नतिजा घोषणा नभएसम्म संसद बैठक चल्न नदिने बताउनु भयो ।

सांसद पाण्डेले बैठक चल्न नदिने भनेपछि एमालेका सम्पुर्ण सांसद आआफ्नो सिटबाट उठेर मौन विरोध जनाउनु भयो ।

त्यसपछि सभामुख ओनसरी घर्तीले, एमालेले उठाएको विषयमा संसदको ध्यानाकर्षण भएको भन्दै एमालेका सांसदहरुलाई आआफ्नो सिटमा बसी बैठकलार्ई अघि बढाउन सहयोग गर्न आग्रह गर्नु भयो ।


सभामुख घर्तीको पटक पटकको आग्रहपछि पनि एमाले सांसदहरुले उठेर  बैठक अवरोध गरिरहेपछि  सभामुखले यस्तो अवस्थामा बैठक चलाउन नसकिने भन्दै भोली १ बजेसम्मको लागि संसद बैठक स्थगित गरिएको जानकारी दिनु भयो ।


संसदको आजको बैठकमा आव २०७४।७५ को राजश्व र व्ययको वार्षिक अनुमान माथि छलफल हुने कार्यक्रम राखिएको थियो ।