राष्ट्रिय जनता पार्टी नेपालको बैठक आज बस्दै

Posted on: May 31, 2017 | views: 330

काठमाडौं । स्थानीय तहको दोश्रो चरणको निर्वाचनमा जानेरनजाने लगायतका बिषयमा छलफल गर्न  राष्ट्रिय जनता पार्टी नेपालको सचिवालय बैठक आज बस्दै छ ।

बिजुलीबजारस्थित पार्टीको केन्द्रिय कार्यालयमा अपरान्ह बस्ने बैठकमा सरकारले स्थानीय तहको दोस्रो चरणको निर्वाचन सारेपछिको अबस्थाबारे छलफल हुनुका साथै पहिलो चरणको आन्दोलनको समीक्षा समेत हुने राजपा नेता मनिस कुमार सुमनले बताउनुभयो । सरकारले स्थानीय तहको निर्वाचनको मिति सारेपछि आन्दोलनमा रहेको राजपाले आगामी रणनीतिका विषयमा आन्तरिक छलफल गरिरहेको छ ।

स्थानीय तहको निर्वाचन नै समाधानको पाटो नभएको भन्दै राजपाले संविधान संशोधन हुनु पर्ने अडान कायमै राखेको छ ।