देउवाको गृह जिल्लाका कार्यकर्ता थाले आमरण अनसन , तिन जनाले पार्टी चलाएको आरोप

Posted on: May 30, 2017 | views: 196

  

डडेल्धुरा।नेपाली कांग्रेसका केन्द्रिय सभापती एवम् पुर्वप्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्लामा टिकट प्रक्रियामाअसन्तुष्टी जनाउँदै एक जना काँग्रेस कार्यकर्ताले आमरण अनसनथालेका छन्।


गुटका आधारमा आफन्तलाई मात्र टिकट वितरणका लागि केन्द्र बाटनै तयारी हुन थाले पछि गन्यापधुरा गाउँपालिकाका स्थानीय नेतातिलक हमालले मंगलवार विहान १० वजे देखि आमरण अनसन सुरुगरेका हुन्।

 

नेपाली काँग्रेस पार्टी कार्यालय डडेल्धुरामा जनताले चाहेको व्यक्तिलाईटिकट दिन माग गर्दै उनी अनसनमा बसेका छन्।

 

अनसन बसेका हमाल गन्यापधुरा गाउँपालिका वडा नम्बर ४ काअध्यक्ष पदका आकांक्षी हुन् । अहिले आएर टिकट अरुले पाउन थालेकोर काठमाण्डौ गरेर टिकट लिनेदिने प्रक्रिया चलेकाले आफु असन्तुष्टभई अनसन थालेको नेता हमाले बताए ।

सभापति देउवाको पनि पुख्यौर्ली घर पनि सोही गाउँपालिकाको वडानम्बर १ पर्छ।


आफ्ना र आफन्तलाई भन्दा जनताले चाहेको र जित्न सक्नेउम्मेदवारले टिकट पाउनु पर्ने उनको भनाइ छ ।

 

उनले भने– ‘जनताले चाहेको व्यक्तिलाई पार्टीले टिकट दिनु पर्छ’, ‘यदी त्यस्तो व्यक्तिलाई टिकट नदिए सम्म अनसन जारी रहन्छ ।’जुन ब्यक्ती टिकट लिई आउछ पार्टी कार्यालय भित्र उनीहरुलाई आफुलेजुता प्रहार गरी आफुले अनसन तोडने समेत आक्रोस पोखेका छन् ।

 

नेता हमालले देउवाको गृह जिल्लामा गुटबन्दीको राजनीति हावीभएको समेत आरोप लगाएका छन् ।

 

अन्य सबै राजनीतिक दलहरुमा टिकट वितरण भईसके पनि सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले भने अझैँ वितरण हुन सकेको छैन ।कांग्रेस भित्र देखिएको विवादका कारण टिकट वितरण हुन सकेको हो ।