चाँगुनारायण नगरपालिकामा एमालेका मेयर, उपमेयर बिजयी

Posted on: May 30, 2017 | views: 118

भक्तपुर ।

भक्तपुरको चाँगुनारायण नगरपालिकामा एमालेका तर्फबाट नगरप्रमुखको उम्मेद्वार रहनुभएका सोम मिश्र बिजयी हुनुभएको छ ।


उहाँले ८ हजार ५१२ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम् प्रतिद्घन्द्घी नेपाली कांग्रेसका नगरप्रमुखका उम्मेद्वार राजाराम खड्काले ६ हजार ८ सय ६९ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी उपप्रमुखमा एमालेकी विना बास्तोला  ८ हजार ७७९ मत ल्याएर बिजयी हुनुभएको छ ।

उहाँकी निकटतम् प्रतिद्घन्द्घी  नेपाली कांग्रेसका उपप्रमुख उम्मेदवार सरु बाँनियाले ७ हजार ४ सय ७६ मत प्राप्त गर्नु भएको छ ।