कुनै पार्टीसँग पनि एमालेले तालमेल नगर्ने

Posted on: May 30, 2017 | views: 101

 काठमाडौं ।  दोस्रो चरणको निर्वाचनमा केन्द्रीय स्तरबाट कुनै पार्टीसँग पनि एमालेले  तालमेल नगर्ने भएको छ ।

पहिलो चरणको तालमेलले प्रभावकारी परिणाम दिन नसकेको निष्कर्ष निकाल्दै एमालेले यस्तो निर्णय गरेको  छ ।

कांग्रेससँग मुख्य प्रतिस्पर्धा हुने भन्दै एमालेले आफ्नो संगठन र कार्यक्रमको आधारमा जित्न सकिने निष्कर्ष निकालेको हो ।