चीन भ्रमणमा यस्तो भेटघाट र काम गर्दैछन् प्रधानमन्त्री ओली

Posted on: May 02, 2016 | views: 142

६ चैत, काठमाडौं ।
परराष्ट्र मन्त्रालयले चीन भ्रमणका समयमा प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने घेटघाट लगायतका कार्यक्रम तालिका सार्वजनिक गरेको छ ।

आइतबार प्रधानमन्त्री केपी शर्मा ओली जनगणतन्त्र चीनका प्रधानमन्त्री ली छयाङको निमन्त्रणामा एक साता लामो चीनको औपचारीक भ्रमणका जाँदैछन् ।

भ्रमणका क्रममा प्रधानमन्त्रीले चीनका राष्ट्रपति सी जिनपिङसँग शिष्टाचार भेट गर्नेछन् ।

चैत्र ८ गते वेईजिङ्गमा हने स्वागत समारोह पछि प्रधानमन्त्री ओलीले समकक्षी लीसँगको वार्तामा पारस्परिक हित र साझा चासोका विषयमा द्विपक्षीय औपचारिक वार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

औपचारिक वार्तापछि प्रधानमन्त्रीद्वयको उपस्थितिमा द्विपक्षीय सम्झौता र समझदारीपत्रमा दुबै मुलुकका उच्च अधिकारीले हस्ताक्षर गर्नेछन् ।
प्रधानमन्त्री लीले प्रधानमन्त्री ओली र ओली नेतृत्वको प्रतिनिधिमण्डलको सम्मानमा सोही दिन दिवाभोज राखेका छन् ।

प्रधानमन्त्रीका साथ धर्मपत्नी राधिका शाक्य, उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापा, अर्थमन्त्री विष्णु पौडेल, वाणिज्यमन्त्री दीपक बोहोरा, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, व्यवस्थापिका–संसद्का सदस्य, मुख्यसचिव, विभिन्न मन्त्रालयका सचिव, नेपाल सरकार वरिष्ठ अधिकारी, व्यापारी र सञ्चार प्रतिष्ठानका प्रतिनिधि रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री ओली र उनको नेतृत्वको प्रतिनिनिधमण्डल चैत १४ गते छेन्दुबाट स्वदेश फर्कने कार्यक्रम छ ।