ताप्लेजुङमा एमालेले मेयर उम्मेदवार घोषणसंगै चुनावि चहलपहल बढयो

Posted on: May 28, 2017 | views: 203

ताप्लेजुङ ।

स्थानिय निकायको दोस्रो चरणको निर्वाचनका लागि ताप्लेजुङको फुङलिङ नगरपालिकामा पछिलो चरणमा नेकपा एमालेले मेयरको उम्मेदवारको टुङगो लगेसंगै थप चुनावि चहलपहल बढेको छ      । 

लामो समयदेखि उम्मेदावरको टुङ्गो लाग्न नसकेको  एमालेको प्रदेश सचिवालय बैठकले शुक्रबार अवेर छत्रपति प्याकुरेललाई उम्मेदवार बनाउदै टुङगो लगाएको हो । मेयरमा ६ जना आकाँक्षि देखिएपछि जिल्लामा मिल्न नसकेपछि प्रदेशमा सिफारिस गरिएको थियो ।  यस अघिनै नेपाली कांग्रेसले केशवप्रसाद दाहालाई र माओवादी केन्द्रले बमबहादुर भट्टराईलाई मेयरको उम्मेदवार छनोट गरिसकेका थिए । नेपाली कांगे्रसले दाहाल सहित उपमेयमा मिना कुमारी गुरुङलाई र केन्द्रले उपमेयरमा मनिसा  (याक्सो) थापालाई उपमेयरको उम्मेदवार घोषण गरिएको छ ।

  आठ गाउँपालिका रहेको ताप्लेजुङमा गाउँपालिकाहरुमा भने सिदिङवा गाउँपालिकामा अध्यक्ष नरबहादुर कडरियाँ उपाध्यक्षमा मञ्जु तामाङ,याङवरकमा राम बहादुर कङलिवा र कृष्ण कुमारी निरौला,आठराई त्रिवेणीमा विश्व सिटौला र ममता लिम्बु,फक्ताङलुङमा मणि प्रसाद लाबुङ र युडेन शेर्पा मिक्वाखोलमा भतm बहादुर कार्की र रुद्र कुमारी लिम्बु,सिरिजंगामा टिकाराम गुरुङ र ज्ञानमाया चौहान,मैवाखोलामा दिलबहादुर पाङमा र सजना लिम्बु र मेरिङदेनमा गणेश बहादुर लिम्बु र नरमाया केदेमलाई उम्मेदवार बनाइएको नेपाली कांग्रेस जिल्ला सभापति लिलादेवि बोखिमले बताउनुभयो । 

नेकपा एमालेको गाउँपालिका अध्यक्ष उपाध्यक्षमा याङवरमा केशर मेन्याङवो,सिदिङवामा मानबहादुर राई,आठराई त्रिवेणीमा लक्ष्मि बहादुर यक्सो र मञ्जुदेवी भट्टराई,फक्तालुङमा सरोज एभेङ र फुलमाया लिम्बु, मिक्वाखोलामा रामकुमार साँवा र मिनाकुमारी केदेम,सिरिजंगामा अनन्त साँवा,मैवाखोलामा राजन थोक्लुङ र कौशिला वनेम,मेरिङदेनमा मंगलसिंह केदम र कल्पना तुम्बाम्फे बनाएको नेकपा एमाले ताप्लेजुङका कार्यालय सचिव धनेन्द्र मादेनले जनाकारी दिनुभयो ।

एमालेले उपमेयर लगायत तिन गाउँपालिकाको उपाध्यक्षको उम्मेदवारको घोषण अझपनि गरिएको छैन । यता माओवादी केन्द्रले गाउँपालिका अध्यक्ष उपाध्यक्षहरुमा याङवरमा नेत्र न्यौपाने र सीता राई   सिदिङवामा जिवान ताम्लिङ र कृष्ण कुमारी करडियाँ, आठराई त्रिवेणीमा बालचन्द्र आङबुहाङ र मुना मादेन,फक्तालुङमा लक्ष्मि अन्छङबो र तारादेवि लिम्बु यता मिक्वाखोलामा खड्क साँवा र चन्द्रकला गुरुङ, सिरिजंगामा तेजशम्सेर भट्टराई र बुद्धिमाया बेघा,  मैवाखोलामा नविन वनेम र सुस्मिता वनेम,मेरिङदेनमा दावा छिरिङ शेर्पा र उपाध्यक्षमा भिमकुमारी लिम्बुलाई उम्मेदवार बनाइएको माओवादी केन्द्रका जिल्ला अध्यक्ष खेलप्रसाद बुढाक्षेत्रिले बताउनुभयो । 

 राष्टिय जनमुत्ति पार्टीले फुङलिङ नगरपालिकाको मेयरमा प्रकाश एङदेनलाइ उठाएको छ भने सबै गाउपालिकामा अध्यक्ष उपाध्यक्षको टुंगो लगाइसकेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले टुंगोलगाइसकको छैनभने नया शक्ति पार्टीले उपमेयरमा कृष्ण शंकरलाइ उठाउने बताइसकेको छ । 


यसरी उम्मेदवार घोषण गरेर चुनावमा होमिएका दलहरु गयराति मात्र एमालेले मेयरको उम्मेदवार घोषण गरेसंगै फुङलिङ नगरपालिका सहित जिल्लामा चुनावी सरगमि हृवातै बढेको छ । नगर तथा गाउँ,वडाहरुमा कुनै पनि दलहरुले महिलालाई प्रमुख उम्मेदवार बनाएका छैनन ।