साझा पार्टीको प्रवक्तामा डा.सुर्यराज आचार्य नियुक्त

Posted on: May 27, 2017 | views: 866

काठमाडौं ।

साझा पार्टीको प्रवक्तामा डा. सुर्यराज आचार्य नियुक्त हुनुभएको छ ।


साझा पार्टी गठन देखीनै आवद्ध हुनुभएका प्राध्यापक एवम् पुर्वाधार विज्ञ डा. सुर्यराज आचार्यलाई प्रवक्तामा नियुक्त गरिएको साझा पार्टीले जनाएको छ ।


निर्माणाधिन साझा पार्टीप्रति संचारमाध्यममा बढेको चासोलाई व्यवस्थितरूपमा सम्बोधन गर्न पार्टीले केन्द्रीय संयोजन समितिका सदस्य समेत रहनुभएका डा आचार्यलाई प्रवक्ता तोकेको जानकारी दिएको छ ।


भरतपुर महानगरपालिका, चितवनका स्थायी निवासी डा. सूर्यराज आचार्यले थाइल्याण्डको एशियन इन्स्टिच्युट अफ टेक्नोलजि ९एआइटी० बाट स्रोत व्यवस्थापनमा स्नातकोत्तर गर्नुभएको छ । यसैगरि जापानको टोकियो विश्वविद्यालयबाट ‘पूर्वाधार र क्षेत्रीय विकासमा’ विद्यावारिधि गर्नुभएका डा. आचार्य सार्वजनिक नीति तथा पूर्वाधार विज्ञको रुपमा परिचित हुनुहुन्छ ।


जापानको भौतिक पूर्वाधार मन्त्रालयसँग संम्वद्ध रहेर ‘पोलिसि थिङ्क ट्याङ्क’ मा वरिष्ठ अनुसन्धानकर्ता र टोकियो विश्वविद्यालयमा अतिथि प्राध्यापकका रूपमा काम गरिसक्नु भएका डा. आचार्यले नेपाल सरकार र संयुक्त राष्ट्रसंघमा रहेर समेत काम गरिसक्नुभएको छ ।


अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलनमा समेत पुरस्कृत भएका प्राध्यापक डा. आचार्यले दर्जन बढी सोधपत्र लेख्नुभएको छ ।


साझा पार्टीको समृद्धि हाम्रै जीवनकालमा भन्ने मुल नारामा रहेर सक्षम, सशक्त र सुसंस्कृत राजनीतिक दल अत्यावश्यक रहेको पैरवी गर्दै आउनुभएका डा. सुर्यराज आचार्य नेपाली राजनीतिमा गहिरो चासो राख्ने विकास र राजनीतिक विषयका लेखक तथा विश्लेषकका रुपमा समेत परिचित हुनुहुन्छ ।



डा. आचार्यलाई प्रवक्तामा नियुक्त गरिएकोबारे साझा पार्टीद्धारा जारी विज्ञप्ति


साझा पार्टीको प्रवक्तामा डा सुर्यराज आचार्य नियुक्त

(प्रकाशन, प्रसारण र श्यर गरिदिन विशेष आग्रह सहित)


निर्माणाधिन साझा पार्टीप्रति संचारमाध्यममा बढेको चासोलाई व्यवस्थितरूपमा सम्बोधन गर्न पार्टीले केन्द्रीय संयोजन समितिका सदस्य डा सुर्यराज आचार्यलाई प्रवक्ता तोकेको छ।


भरतपुर महानगरपालिका, चितवनका स्थायी निवासी डा. सूर्यराज आचार्य सार्वजनिक नीति तथा पूर्वाधार विज्ञ हुन्। थाइलण्डको एशियन इन्स्टिच्युट अफ टेक्नोलजि (एआइटी) बाट स्रोत व्यवस्थापनमा स्नातकोत्तर गरेका डा आचार्यले जापानको टोकियो विश्वविद्यालयबाट ‘पूर्वाधार र क्षेत्रीय विकासमा’ विद्यावारिधि गरेका छन्।


चार वर्षअघि नेपाल फर्किनुअगाडि उनी जापानको भौतिक पूर्वाधार मन्त्रालयसँग संम्वद्ध ‘पोलिसि थिङ्क ट्याङ्क’ मा वरिष्ठ अनुसन्धानकर्ता र टोकियो विश्वविद्यालयमा अतिथि प्राध्यापकका रूपमा कार्यतर थिए।


पेशागत जीवनको सुरुमा नेपाल सरकार र संयुक्त राष्ट्रसंघको कार्यानुभव संगालेका आचार्यका दर्जनौं शोधपत्र प्रकाशित छन्। उनका शोधपत्रहरु अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलनमा पुरस्कृत भएका छन्।


नेपाली राजनीतिमा गहिरो चासो राख्ने डा आचार्य विकास र राजनीतिक विषयका लेखक तथा विश्लेषक पनि हुन्।


उनले “समृद्धि हाम्रै जीवनकालमा” हेर्ने हो भने एउटा सक्षम, सशक्त र सुसंस्कृत राजनीतिक दल अत्यावश्यक रहेको पैरवी गर्दै आएका थिए।


रवीन्द्र मिश्र

संयोजक, साझा पार्टी

ललितपुर, नेपाल