नगरकोट पुगेर राणाले भने-'हलो छाड्दा चुनाव हारियो'

Posted on: May 23, 2017 | views: 272

नगरकोट ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता पशुपतिशम्शेर जबराले पहिलो चरणको निर्वाचनमा राप्रपाको चुनाव चिह्न ‘हलो’लाई छोडेर ‘गाई’मा जानु पराजयको कारण भएको बताउनुभएको छ ।


भक्तपुरको रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा नेता राणाले देशमा तत्कालै संसदीय निर्वाचन पनि आवश्यक रहेको धारणा राख्नुभयो ।


वरिष्ठ नेता राणाले केही दिनमै गठन हुने नयाँ सरकारमा राप्रपाले आफनो सहभागिता जनाउने जानकारी दिनुभयो ।