बिजय गच्छद्दार भन्छन् -'दोस्रो चरणमा सबै पक्ष सहभागी हुने वातावरण बनाउँदैछौं'

Posted on: May 20, 2017 | views: 67

काठमाडौं ।

नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष एवम् तथा उपप्रधान तथा स्थानीय विकासमन्त्री विजय कुमार गच्छदारले दोश्रो चरणको निर्वाचनमा मधेशवादी दलसहित सबै पक्ष सहभागी हुने वातावरण बनाउन सरकार गम्भीरतापूर्वक लागेको बताउनुभएको छ  ।


फोरम लोकतान्त्रिक पार्टीद्वारा आज पार्टी कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष गच्छदारले जेठ ३१ गते हुने दोश्रो चरणको निर्वाचनको तयारीमा सबैलाई लाग्न आग्रह गर्नुभयो । 


अध्यक्ष गच्छदारले प्रमुख दलहरु असहमत पक्षको माग सम्बोधन गर्न अझै लचिलो हुनुपर्नेमा जोड दिनुभयो । 


उहाँले तराई मधेश र थरुहट आन्दोलनलाई सरकारले राजनैतिक आन्दोलनको मान्यता दिएर उनीहरुको माग सम्बोधन गरी कार्यान्वयनको प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो । 


फोरम लोकतान्त्रिकका अध्यक्ष एवम् उपप्रधानमन्त्री गच्छदारले आजै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरी आगामी दोश्रो चरणको निर्वाचनमा सबैको सहभागिता सुनिश्चित गर्ने विषयमा छलफल गर्नुभयो ।