दैलेखमा ७ मा एमाले ४ मा काँग्रेस बिजयी, माओवादी शुन्य (सम्पूर्ण विवरण)

Posted on: May 20, 2017 | views: 151

दैलेख ।

वैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनमा दैलेखका ४ नगरपालिका र ७ गाउँपालिका सबैमा मतगणना सकिएको छ । परिणाम अनुसार माओवादी केन्द्र शुन्यमा रहँदा ७ स्थानमा एमाले र ४ स्थानमा नेपाली काँग्रेसले जितेको छ ।


एमालेले दैलेखको सदरमुकाम नारायण र चामुण्डा नगरपालिकामा मेयर तथा उपमेयर समेत बहुमत संख्या जितेको छ । आठबीसमा मेयर र दुल्लू नगरपालिकामा उपमेयर एमाले नै जितेको छ ।


गाउँपालिका तर्फ ठाँटीकाँध, भैरवी, महाबु र भगवतीमाईमा पनि एमाले अध्यक्ष तथा उपाध्यक्ष, वडामा समेत बर्चस्व कायम गरेको छ । 


नेपाली काँग्रेसले दुल्लू नगरपालिकामा मेयर र आठबीसमा उपमेयर जितेको छ । काँग्रेसले डुंङ्गेश्वर, नौमूले र गुराँस गाउँपालिकामा अध्यक्ष तथा उपाध्यक्ष सहित बहुमत हासिल गरेको छ । 


जिल्लाभरका ९० वटा वडा मध्ये ३ वडा नेमकिपा, १ राप्रपा, बाँकी काँगे्रसले ३४ र एमालेले ५२ जितेका छन् । माओवादी केन्द्रले एउटै वडा पनि जितेन । 


बिजय उमेद्वार र मत संख्या 

१.नारायण नगरपालिका 

मेयर – रत्नबहादुर खड्का ४७३५

उपमेयर – सवित्री मल्ल ४८६६


२.चामुण्डा बिन्द्रासैनी नगरपालिका 

मेयर – सूर्यबहादुर शाही २७७३

उपमेयर – तारा शाही खत्री २९५४


३.आठबीस नगरपालिका 

मेयर – खड्गराज उपाध्याय ३९२७

उप मिएर – दिपा वोहोरा माझी  ४१८७


४.दुल्लू नगरपालिका 

मिएर — घनश्याम भण्डारी ६३४९

उपमेयर – बिश्ना थापा ६४७८



५.भगवतीमाई गाउँपालिका 

अध्यक्ष – दानबहादुर थापा  २३३९

उपाध्यक्ष – चन्दा रेग्मी  २४२१


६.महाबुगाउँपालिका 

अध्यक्ष – जंगबहादुर शाही ३५२२

उपाध्यक्ष –  प्रेमकुमारी बुढा ३५०८


७.भैरबी गाउँपालिका 

अध्यक्ष – प्रेमबहादुर बुढा   ३५८४

उपाध्यक्ष – पदमकुमारी बिष्ट ३४८३


८. ठाँटीकाँध गाउँपालिका 

अध्यक्ष – धीरबहादुर शाही १९२४

उपाध्यक्ष – सुस्मिता सिंह १९७८


९. डुङ्गेश्वर गाउँपालिका 

अध्यक्ष – नगेन्द्रबहादुर मल्ल

उपाध्यक्ष – सीता ज्ञवाली


१०. नौमूले गाउँपालिका 

अध्यक्ष – भदे बुढा मगर (भविराम)  ३२८०

उपाध्यक्ष – अमृता सिंह ३२८०


११. गुराँस गाउँपालिका 

अध्यक्ष – खेमराज ओली ४१६४

उपाध्यक्ष – दीपा बीसी ४०३७