अन्नपूर्णमा काँग्रेस, धवलागिरिमा एमाले बिजयी

Posted on: May 17, 2017 | views: 203

म्याग्दी ।

म्याग्दीको अन्नपूर्ण गाउँपालीकाको अध्यक्षमा नेपाली काँग्रेसका डमबहादुर पुन बिजयी हुनुभएको छ । 

अध्यक्षमा निर्वाचित पुनले तिन हजार ३२० मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिस्पर्धी नेकपा एमालेका नारायण पुनले तिन हजार १२७ मत ल्याउनुभएको छ । उपाध्यक्षमा नेपाली काँग्रेसकी केशमाया मगरले तिन हजार २४५ मत ल्याएर बिजयी हुनुभएको छ । 

उहाँकी प्रतिस्पर्धी एमालेकी दुर्गादेवी पाईजाले तिन हजार १८६ मत पाउनुभएको छ । दश हजार ५१९ जना मतदाता रहेको अन्नपूर्ण गाउँपालीकामा सात हजार २२ मत खसेको थियो । अन्नपूर्ण गाउँपालीकाको ८ मध्य चार वटामा नेपाली काँग्रेसका, तिन वटामा एमाले र एक वटामा नेकपा माओवादी केन्द्रका उमेद्वार वडा अध्यक्षमा निर्वाचित भएका छन् । 

म्याग्दीको धौलागिरी गाउँपालीकाको अध्यक्षमा नेकपा एमालेकी थमसरा पुन बिजयी हुनुभएको छ । 


 पुनले दुई हजार ४६० मत प्राप्त गरी गाउँपालीकाको अध्यक्षमा निर्वाचित हुनुभएको हो । पुनका प्रतिस्पर्धी माओवादी केन्द्रका रिमप्रकाश थापाले दुई हजार १६८ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्षमा एमालेका रेशम छन्त्यालले दुई हजार ४८८ मत प्राप्त गरी बिजयी हुनुभएको छ । छन्त्यालका प्रतिस्पर्धी नेपाली काँग्रेसका डम्मर भण्डारीले दुई हजार २९ मत प्राप्त गर्नुभयो । 


नौ हजार ३३४ मतदाता रहेको धौलागिरी गाउँपालीकामा पाँच हजार ७४९ जनाले मतदान गरेका थिए । एमालेका उमेद्वारहरु गमबहादुर बिक वडा न. २ लुलाङ, पुर्म पुन वडा न. ३, बेगप्रसाद घर्ती वडा न. ४ मुदी, राजाराम सुवेदी वडा न. ६ मराङ र कलानिधी सुवेदी वडा न. ७ ताकमको अध्यक्षमा निर्वाचित हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । धौलागिरी १ नम्बर वडा गुर्जामा नेकपा माओवादी केन्द्रका झकबहादुर छन्त्याल र ५ मल्कवाङमा काँग्रेसकी खर्ककुमारी छन्त्याल वडा अध्यक्षमा निर्वाचित हुनुभएको छ ।