रामेछापको गोकुलगंगा र उमाकुण्ड गाउँपालिकामा एमाले विजयी

Posted on: May 17, 2017 | views: 257

रामेछाप ।

रामेछापको गोकुलगंगा पछि उमाकुण्ड  गाउँपालीकाको पनि  मतगणना सकिएको छ । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने दुवै गाउँपालीकामा अध्यक्ष पदमा  एमालेको तर्फवाट अध्यक्ष पदका उम्मेदवार खड्गवहादुर सुनुवार र एमालेकै शेर वहादुर सुनुवार विजयी भएका छन् ।

गोकुल गंगामा खड्ग सुनुवारले ३ हजार ५ सय ५१ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटम् प्रतिदन्दी नेपाली काँग्रेसका नानीवावु वस्नेतले ३ हजार १ सय ५२ मत प्राप्त छन् । त्यसैगरि उपाध्यक्षमा एमालेकै राधिका श्रेष्ठले ३ हजार ६ सय ८८ मत प्राप्त गरी विजयी भएका छन् । उपाध्यक्षमा नेपाली काँग्रेसकै तुलसा केसीले २ हजार ९ सय २४ मत प्राप्त गरेका छन् ।

 त्यसैगरी माओवादी केन्द्रका अध्यक्ष पदका उम्मेदवार प्रेमकुमार कार्कीले १ हजार ४ सय १ मत प्राप्त गरेका छन् भने उपाध्यक्षका उम्मेदवार मञ्जु वस्नेतले १ हजार तिन सय ६९ मत प्राप्त गरेका छन् । 

उक्त गाउँपालीकाका ६ वटै वडाको परिणाम पनि घोषणा गरिएको छ । जस अनुसार वडा नं १ को वडा अध्यक्षमा नेपाली काँगेसका मणि सुनुवार वडा नं २ वाट नेकपा एमालेका शेखरमान श्रेष्ठ वडा नं ३ वाट नेकपा एमालेका नर विक्रम काकि,वडा नं ४ वाट नेपाली कांग्रेसका देवराज कार्र्कि  विजयी भएका छनू । त्यसैगरि वडा नं ५ वाट वलराम खड्का र वडा नं ६ वाट नेपाली काँग्रेसका चन्द्र सुनुावार विजयी भएको जिल्ला निर्वाचन कार्यालय रामेछापका कपिल प्रसाद उपाध्यायले जानकारी दिनु भयो ।

त्यसैगरी अर्को गाँउपालिका उमाकुण्डको पनि परिणाम प्राप्त भएको छ । प्राप्त अन्तिम परिणाम अनुसार उक्त गाँउपालिकाको प्रमुखमा नेकपा एमालेका शेर बहादुर सुनुवार ३१७५ प्राप्त गरी बिजयी भएका छन् भने उनका निकटतम् प्रतिद्धन्दी हिक्मत सुनुवारले २३५४ मत प्राप्त गरेका छन् ।

 त्यस्तै उपाध्यक्ष पदमा नेपाली काँग्रेसकी उर्मिला कार्की बस्नेत २३१८ मत प्राप्त गरी बिजय हुनभएको छ भने उहाँका निकटतम् प्रतिद्धन्दी नगेन्द्र बहादुर बस्नेतले १ हजार तिन सय १० मत प्राप्त गर्नुभएको छ । 

त्यसैगरी वडा अध्यक्ष पदमा क्रमसः वडा नं. १ मा नेपाली काँग्रेसका नर्वू शेर्पा, वडा नं. २ बाट माओवादी केन्द्रका खम्व बहादुर बस्नेत, वडा नं. ३ बाट नेपाली काँग्रेसका रमेश कुमार सुनुवार, वडा नं.४ बाट माओवादी केन्द्रका मान बहादुर सुनुवार विजयी भएका छन् । 

त्यस्तै वडा नं.५ बाट एमालेका कुविर खत्री, वडा नं. ६ बाट एमालेका कृष्ण कुमार सुनुवार, वडा नं.७ बाट एमालेका रुद्रमणि नेवार बिजयी हुनुभएको गोकुलगंगा गाँउपालिकाका वडा सचिव भुवन कुमार कुँवरले जानकारी दिए ।