सभापतीमा जितेका देउवालाई खादा लगाएर बधाई दिए प्रधानमन्त्रीले

Posted on: May 03, 2016 | views: 124

५ चैत, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले दुईसाता अघि काँग्रेस सभापतीमा बिजयी शेरबहादुर देउवालाई खादा लगाएर बधाई दिएका छन् ।

काँग्रेस सभापती बनेपछि पहिलो पटक प्रधानमन्त्री निवास बालुवाटार पगेका देउवालाई प्रधानमन्त्रीले खादा लगाएर कार्यकालको शुभकामना समेत दिएका छन् ।

प्रधानमन्त्री ओलीलाई भेट्न देउवा प्रधानमन्त्रीको निवास बालुवाटार पुगेका थिए ।

प्रधानमन्त्री ओलीले आसन्न चीन भ्रमणका एजेण्डाका बारेमा देउवालाई जानकारी गराएका थिए भने देउवाले आफ्ना सुझाव सल्लाह दिएका थिए ।