बाबुरामसँग मिलेपछि आत्मसमर्पणबादी भन्दै उपेन्द्रलाई हटाएर ठाकुरलाई अध्यक्ष पद 'बर्थडे' उपहार

Posted on: May 06, 2017 | views: 391

काठमाडौं ।

बाबुराम भट्टराईको नयाँ शक्ति पार्टीसँग मिलेर स्थानिय चुनावमा सहभागी भएपछि मधेशी मोर्चाले उपेन्द्र यादवलाई मोर्चाको संयोजकबाट निस्कासित गरेको छ ।


संघीय गठवन्धनले संघीय समाजवादी फोरमका अध्यक्ष समेत रहेका यादवलाई हटाएर नयाँ बनेको राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्ष मण्डलका संयोजक रहेका महन्थ ठाकुरलाई अध्यक्ष घोषणा गरेको छ ।


मधेसी मोर्चासहितको गठवन्धनको शनिबार बसेको बैठकले यादवलाई आत्मसमर्पणको कित्तामा गएको अरोप लगाउँदै विज्ञप्तिमा ‘संविधान संशोधन विना जनतालाई धोका दिई स्थानीय तहको निर्वाचनमा सहभागी भएको हुँदा संघीय गठबन्धनबाट संयोजकको जिम्मेवारीबाट हटाउने निर्णय गरिएको उल्लेख गरेको छ ।


राजपा नेपालको कार्यालयमा बसेको बैठकले आफ्ना मुद्दाहरुलाई निष्कर्षमा पुर्‍याउन र संघर्षका कार्यक्रम अगाडि बढाउन भन्दै महन्थ ठाकुरलाई संयोजक चयन गरेको जिकिर गरेको छ ।


जन्मदिनमा मोर्चाको अध्यक्ष उपहार

तराई केन्द्रित राजनीति गर्दै आएको मधेसी मोर्चाका महन्थ ठाकुर नेतृत्वको तमलोपा, राजेन्द्र महतो नेतृत्वको सदभावना पार्टी, शरतसिंह भण्डारीको राष्ट्रिय मधेस समाजवादी पार्टी, महेन्द्र यादव नेतृत्वको तराई मधेस समाजवादी पार्टी र राजकिशोर यादव नेतृत्वको फोरम गणतान्त्रिक रहेको छ ।


यि पाँच पार्टी मिलेर बनेको मोर्चामा सबै नेतालाई अध्यक्ष मण्डल भन्दै भागवण्डा मिलाइएको छ । प्रमूख बने ठाकुरलाई बनाईएको छ ।


तराई केन्द्रित राजनीति गर्ने भारतप्रति नरम रहँदै आएका दलहरु कमजोर भएपछि भारतीय योजनामै यि दलहरु मिलेको वा मिलाइएको राजनीतिक विश्लेषकहरु बताउँछन् ।


भारत निकट रहेको आरोप लाग्दै आएका सबै नेता भारतले नेपालमाथि लगाएको नाकाबन्दीमा आफुहरुको आन्दोलन भएको दाबी गर्ने नेता हुन् ।


राजपाका अध्यक्ष रहेका मण्डल आजबाट ७५ बर्ष पुगेका छन् । बृद्ध मण्डल अझैपनि तराईका नागरिकको अधिकारको वकालत गर्दै आइरहेका छन् ।


नेपाली काँग्रेसको महामन्त्री त्यागेर क्षेत्रिय राजनीतिमा होमिएका मण्डल नेतृत्वको मोर्चाले भने तराईका नागरिकको अधिकारको बाहिरि आवरणमा वकालत गरेपनि विवादास्पद संविधान संशोधनको मागमा बिहे गर्नेबित्तिकै नेपाली सरह भारतीय महिलालाई अधिकार दिनुपर्ने, उनिहरु राष्टपति देखी सबै पदमा पुग्न पाउनुपर्ने, अंगिकृत नागरिकता लिएका भारतीयलाई नेपाली बंशज नागरिक सरह अधिकार हुनुपर्ने तथा नेपालको सरकारी कामकाजी भाषाको रुपमा भारतीय हिन्दी भाषालाई पनि मान्यता दिनुपर्ने जस्ता घातक माग राख्दै आएको छ ।


राजपाका अध्यक्ष रहेका आफ्ना नेतालाई मोर्चामा बर्चस्व रहेका आफ्नै नेताहरुले उपेन्द्र यादवलाई हटाएर उनको जन्मदिनकै दिन पारेर मोर्चाको अध्यक्षको उपहार दिएका छन् ।


साँझ परेपछि भारतीय दूतावास किन छिरे राजपाका नेताहरु ?

पार्टी एकताका लागि बाबुराम र उपेन्द्रको आयो यस्तो विज्ञप्ति

थ्रेस होल्डको डरपछि ठाकुर देखी महतो सहितको पाँच दल एकता, चिनिराख्नुस् यि पाँच नेता