प्रतिशोधपूर्ण महाअभियोग फिर्ताको माग गर्दै संसद अवरुद्ध, छलफलको तयारी

Posted on: May 05, 2017 | views: 295

काठमाडौं ।

काँग्रेस सभापती शेरबहादुर देउवा र माओवादी केन्द्र अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिशोधकै कारण प्रधानन्यायाधीश सुशिला कार्कीमाथि महाअभियोग लगाएपछि सो फिर्ताको माग गर्दै बिपक्षिदलहरुले संसद अवरुद्ध पारेका छन् ।


विपक्षी दलका सांसदको नाराबाजीका बिच सभामुख ओनसरी घर्तीले छलफलका लागि दिउँसो १ बजेको समय तोकेकी छिन् ।


महाअभियोग प्रस्ताव अघि बढाउन नहुने भन्दै एमाले राप्रपालगायत विपक्षी दलका सांसदले संसद बैठक सुरु हुनसाथ आफ्नो ठाउँबाट उठेर नाराबाजी गरेका थिए । तर सभामुख घर्तीले महाअभियोगमाथिको छलफलका लागि दिउँसो १ बजेको समय तोकेकी छन् ।


संसद बैठक बस्नु अघि ३ दलबिच सहमतिको प्रयास भए पनि विफल भएपछि महाअभियोगमाथि सत्ताधारी दलको दबावमा सभामुखले छलफलको समय तोकेकी हुन् ।


तत्कालिन एकिकृत माओवादीबाट सभामुख बनेकी घर्तीले बिरोधका बिच महाअभियोग बारेको छलफल अघि बढाउने निर्णय गरेकी हुन् ।


एमाले राप्रपालगायत विपक्षी दलले महाअभियोग कुनै पनि हालतमा अघि बढ्न नदिने बताएपछि बिहीबारको संसद बैठक बस्दै नबसि स्थगित गरिएको थियो ।


सत्तारुढ दलहरुले आफ्नै पार्टीका सांसदहरुको बिना कुनै जानकारी हस्ताक्षर बटुलेर सर्वोच्च अदालतकी प्रधानन्यायाधिश सुशीला कार्की बिरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका थिए । यसको काँग्रेस माओवादी पार्टी भित्रकै सांसदहरुले समेत बिरोध गर्न थालेका छन् ।

जसको जनस्तरबाट समेत चर्को बिरोध भइरहेको छ ।