पुष्पकमल दाहाल 'प्रचण्ड' पुत्री जिताउन भरतपुर महानगरमा काँग्रेसको उमेद्वारी फिर्ता

Posted on: May 04, 2017 | views: 1883

चितवन ।

माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको छोरीलाई मेयरमा जिताउन नेपाली काँग्रेसले आफ्ना उमेद्वारको उमेद्वारी नै फिर्ता लिएको छ ।


माओवादी केन्द्रसंग तालमेलपछि काँग्रेसले भरतपुर महानगरको मेयरका उम्मेदवार दिनेश कोईरालाको उम्मेदवारी केन्द्रबाटै फिर्ता गराएको हो ।


दिनेश कोईरालाले मुख्य निर्वाचन अधिकृत कार्यलयमा उमेदवारी फिर्ता लिन नगएपछि केन्द्रबाट फिर्ता गराईएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा केन्द्रबाटै फ्याक्स आएको कार्यालय श्रोतले जनाएको छ ।


सो पत्रमा काँग्रेस सभापति शेरबहादुर देउवाको हस्ताक्षर रहेको जनाईएको छ । यता माओवादी केन्द्रले पनि उमेयरका उमेद्वार सुरेन्द्र गुरुंगलाई फिर्ता गराएको जिल्ला नेता ईश्वर सापकोटाले जानकारी दिए ।


यद्यपि कोईरालाले भने आफुले फिर्ता नलिएको जनाएका छन् । ‘खै मैले त फिर्ता गर्या छैन, के भो मलाई था छैन, कोईरालाले प्रतिक्रिया दिंदै भने, बरु के भएको छ मलाई पनि जानकारी दिनुस् न ।’ 


काँग्रेस चितवन क्षेत्र नम्बर २ का साँसद शेषनाथ अधिकारीले पनि उमेद्वारी फिर्ता भएको जानकारी दिए।


तालमेलको खबर आएपछि काँग्रेस कार्यकता तरङित भएका छन् । भरतपुर महानगरमा काँग्रेसले माओवादीकी रेणु दाहाललाई सघाउने छ भने काठमाडौ र पोखरामा काँग्रेसलाई माओवादीले सघाउने छ । 


काँग्रेस कार्यालयमा प्रदर्शन र ताला दिउँसो काँग्रेस र माओवादी विच तालमेल भएको समाचार एकाएक बाहिर आएपछि चुनावी प्रचारमा हिंडेका कार्यकर्ताहरु फर्किएर पार्टी कार्यालयमा जम्मा भई विरोध प्रदर्शन गरेका थिए ।

उनीहरुले देउवाको पुतला जलाउनुका साथै देउवा र काँग्रेस नेतृत्व बिरुद्ध चर्का नाराबाजी समेत गरे ।


कार्यकर्ताहरुले नारायणगढमा रहेको पार्टी कार्यालयमा तालाबनदी समेत गरेका छन् ।