सिन्धुलीका सात दलका उमेद्वार यस्ता छन्

Posted on: May 03, 2017 | views: 289

सिन्धुली ।

सिन्धुलीमा स्थानीय तहको निर्वाचनका लागि सातवटा दलले मनोनयन दर्ता गराएका छन् ।

जिल्लाको कमलामाई नगरपालिकामा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा, नयाँ शक्तिपार्टी, नेपाल परिवार दल, नेपाल पूर्व राष्ट्र सेवक लोकतान्त्रिक पार्टीले उम्मेदवारी दर्ता गराएका छन् ।

पार्टी दर्ता नगरेको नेकपा क्रान्तिकारी माओवादीले स्वतन्त्र उम्मेदवारी दिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

निर्वाचन मनोनयका वेला दल नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र र नेकपा क्रान्तिकारी माओवादीले बाजागाजा र नाराजुलुस सहित माढी बजारको परिक्रमा पश्चात निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन । 

तीन वटा पार्टीले जिल्लाका ९ वटै स्थानीय तहमा उमेदवारी दर्ता गराएका छन भने अन्य दलहरु सदरमुकाम केन्द्रित देखिएका छन ।

यस निर्वाचनमा स्वतन्त्र उम्मेदवार भने कमै देखिएको प्रमुख निर्वाचन अधिकृत एवंम् सिन्धुलीका जिल्ला न्यायधिस परशुराम भट्टराईले जानकारी दिएका छन ।

जिल्लाका सवै स्थानीय तहमा मनोनयन प्रक्रिया शान्तिपूर्ण रुपमा भएको प्रमुख जिल्ला अधिकारी तारावहादुर कार्कीले बताउनुभयो ।

१ लाख ६८ हजार २ सय ४७ जना मतदाता रहेको जिल्लामा ९ वटा स्थानीय तहमा ७९ वटा वडा रहेको जिल्ला निर्वाचन अधिकारी रमेशकुमार जोशीले बताउनुभयो । निर्वाचन अधिकत जोशीका अनुसार सिन्धुलीमा बैशाख ३१ गते हुने निर्वाचनका लागि १ सय ३७ मतदान स्थलमा २ सय ३० वटा मतदान केन्द्रबाट रहेका छन्