ओलीलाई लिपुलेक सम्झौताबारे चिनियाँ धारणा माग्न सुझाव

Posted on: May 01, 2016 | views: 163

५ चैत, काठमाडौं ।
विभिन्न दस विद्यार्थी सङ्गठनले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा भारत र चीनबीच भएको लिपुलेक सम्झौताबारे चिनियाँ धारणा माग गर्दै सम्झौता सच्याउने पहल गर्न आग्रह गरेका छन् ।

बिहिबार काठमाडौँमा बसेको विद्यार्थी सङ्गठनको संयुक्त बैठकले नेपाल, भारत र चीनको त्रिदेशीय सीमाबिन्दु पहिचान गरी दीर्घकालीन समाधान खोज्न, तातोपानी नाका अविलम्ब सञ्चालनमा ल्याउन र इन्धनको वैकल्पिक आयातबारे ठोस पहल गर्न आग्रह गरेको हो ।