भक्तपुुरमा उमेद्वारी दर्तापछि चुनावी प्रतिस्पर्धा यस्तो छ

Posted on: May 02, 2017 | views: 246

भक्तपुर ।

आगामी ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि भक्तपुरको चारवटै नगरपालिकामा दलहरुले उम्मेदवारी दर्ता गराएका छन् । विभिन्न दल र स्वतन्त्र उम्मेदवारहरुले उम्मेदवारी दिएका हुन् । नेपाली कांग्रेसको तर्फबाट भक्तपुर नगरपालिकाको मेयरमा राम कासुला र उपमेयरमा गंगा लक्ष्मी अवालले उम्मेदवारी दर्ता गराएका छन् । त्यसैगरि सूर्यविनायक नगरपालिकामा मेयरमा विष्णुराज कार्की र उपमेयरमा कल्पना राजथलाले उम्मेदवारी दिएका छन् । चाँगुनारायण नगरपालिकामा मेयरमा राजाराम खड्का र उपमेयरमा सरु बानिँयाले तथा मध्यपुर ठिमी नगरपालिकामा मेयरमा अष्टकुमार कवें र उपमेयरमा अन्जना मधिकर्मीले उम्मेदवारी दर्ता गराएका छन् । 

भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवं पूर्व सभासद सुनिल प्रजापति मेयरको उम्मेदवार दिनु भएको छ । पहिलो संविधानसभा निर्वाचनमा भक्तपुर क्षेत्रनम्बर २ बाट निर्वाचित हुनुभएको उहाँ दोस्रो संविधानसभा निर्वाचनमा भने पराजित हुनुभएको थियो । उपमेयरमा भने नेमकिपाको तर्फबाट रजनी जोशीले उम्मेदवारी दर्ता गर्नुभएको छ । जोशी ख्वप ईन्जिनियरिङ्ग कलेजका सहप्राचार्य हुन् । 

त्यस्तै नेकपा एमालेका तर्फबाट भने भक्तपुर नगरपालिकाको मेयरमा विष्णु सुवाल र उपमेयरमा कृष्णमाया त्वायनाबासु, सूर्यविनायक नगरपालिकामा मेयरमा बासुदेव थापा र उपमेयरमा जुना बस्नेत, चाँगुनारायण नगरपालिकामा मेयरमा एमाले केन्द्रीय सदस्य सोमप्रसाद मिश्र र उपमेयरमा विना बास्तोलाले उम्मेदवारी दर्ता गराउनुभएको छ । 

यता मध्यमुर ठिमी नगरपालिकामा भने एमाले र नेमकिपा बिच समिकरण गरी संयुक्त प्यानल बनाएर उम्मेदवारी दर्ता गराएका छन् । मेयरमा एमालेको मदनसुन्दर श्रेष्ठ, उपमेयरमा नेमकिपाका तर्फबाट केदार खड्काले उम्मेदवारी दर्ता गराउनु भएको छ । 

यता माओवादी केन्द्रले भक्तपुर नगरपालिकामा मेयरमा सत्यलाल मुल र उपमेयरमा इन्द्रमाया सुवाल, सूर्यविनायक नगरपालिकामा मेयरमा दिलकृष्ण तज र उपमेयरमा पूण्यवती चौलागाई, चाँगुनारायण नगरपालिकामा मेयरमा शिव अधिकारी र उपमेयरमा लक्ष्मी खड्का तथा मध्यपुरथिमि नगरपालिकामा मेयरमा प्रतिभा श्रेष्ठ र उपमेयरमा सुचित्रा श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् । 

नेमकिपाले भक्तपुर नगरपालिकामा मेयरमा सुनिल प्रजापति र उपमेयरमा रजनी जोशी,  सूर्यविनायक नगरपालिकामा मेयरमा मनशोभा त्वाती, उपमेयरमा महिन्द्र बखुन्छे, चाँगुनारायण नगरपालिकामा मेयरमा न्हुछे फोजु र उपमेयरमा रिता काफ्लेले उम्मेदवारी दिएका छन् । 

राप्रपा तर्फबाट भने भक्तपुर नगरपालिकामा मेयरमा रविकृष्ण श्रेष्ठ, सूर्यविनायक नगरपालिकामा मेयरमा प्रविन ढुंगेल र उपमेयरमा जयन्ती महत, चाँगुनारायणमा मेयरमा रविन्द्रप्रताप शाह र उपमेयर यवती कार्की तथा मध्यपुरथिमि नगरपालिकामा मेयरमा राधा अधिकारी र उपमेयरमा नरगोविन्द शंखदेवले उम्मेदवारी दर्ता गराएका छन् । 

त्यसैगरि नेकपा मालेले सूर्यविनायक नगरपालिकामा मेयरमा ज्ञानीराम श्रेष्ठ र उपमेयरमा सीता खड्का, मध्यपुर थिमि नगरपालिकामा मेयरमा बसन्तबहादुर खत्री र उपमेयरमा केदारलक्ष्मी श्रेष्ठ, चाँगनारायण नगरपालिकामा मेयरमा साधुराम दाहाल र उपमेयरमा दुर्गा रम्तेलले उम्मेदवारी दर्ता गराएका छन् । 

राष्ट्रिय जनमोर्चा नेपालले भक्तपुर नगरपालिकामा मेयरमा रामभक्त किजू र उपमेयरमा अमिता बोहजू (गोसाई), मध्यपुर थिमि नगरपालिकामा मेयरमा भिमप्रसाद श्रेष्ठ र उपमेयरमा रुपा राणा र सूर्यविनायक नगरपालिकामा मेयरमा रमेश बञ्जाडेले उम्मेदवारी दिएका छन् । 

त्यसैगरि संघीय समाजवादी पार्टी, नयाँ शक्ति पार्टी र देशभक्त गणतान्त्रिक मोर्चाले संयुक्त प्यानल बनाएर उम्मेदवारी दिएका छन् । जसमा भक्तपुर नगरपालिकामा मेयर विष्णुप्रसाद निसुतु (मोर्चा), उपमेयरमा ललिता न्यौपाने (नयाँ शक्ति), मध्यपुर थिमि नगरपालिकामा मेयरमा ज्ञानराम श्रेष्ठ (नयाँ शक्ति), उपमेयरमा नानीछोरी बादेँ (संघीय समाजवादी), सूर्यविनायक नगरपालिकामा मेयरमा नारायणकृष्ण थापा (नयाँ शक्ति), उपमेयरमा दिना लामा (संघीय समाजवादी) तथा चाँगुनारायणमा मेयरमा कान्छा तामाङ्ग (नयाँ शक्ति) र उपमेयरमा चण्डिका लामिछाने (नयाँ शक्ति) ले उम्मेदवारी दर्ता गराएका छन् । 

चाँगुनारायण नगरपालिकामा नेपाल पूर्वराष्ट्रिय सेवक लोकतान्त्रिक पार्टीले मेयरमा गोकर्ण प्रसाद दाहाल र उपमेयरमा मानबहादुर लामाले उम्मेदवारी दिएको छ । त्यसैगरि सोही नगरपालिकामा मेयरमा स्वतन्त्रबाट मेयरमा मदनकृष्ण न्यौपाने, पुरुषोत्तम पोखरेल, रामबाबु राणामगर, नारायण कार्की र राधाकृष्ण न्यौपाने तथा उपमेयरमा राजु भारतीले उम्मेदवारी दर्ता गराएका छन् । 

भक्तपुर नगरपालिकामा मेयरका लागि स्वतन्त्र उम्मेदवार भक्तपुर नगरपालिका तचपालका गोपालदास वनेपालीले उम्मेदवारी दर्ता गराउनु भएको छ । साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय भएपनि निर्वाचन अधिकृतको कार्यालय भित्र पाँच बजेभित्र प्रवेश गरेका व्यक्तिहरुलाई उम्मेदवारी दर्ता गर्न मिल्ने भएकाले ७ ः ३० बजेसम्म पनि उम्मेदवारी दर्ता गर्ने क्रम जारी रहेको छ ।