माहाकालीमा एमालेको झण्डा गायब गर्ने गिरोह सक्रिय

Posted on: April 25, 2017 | views: 384

पप्पु गुरुङ्, १२ बैशाख, माहाकाली नगरपालिका । माहाकालीमा नेकपा एमालेको सुर्य अंकित च्यात्दै दिशा लगाएर झण्डा फालिएको ३ साता नबित्दै फेरी गएराती माहाकाली नगरपालिका नगरपालिका वडा नं. ७, बाबाथान बजारमा एक समुहले एमालेको झण्डा गायब गर्ने प्रयास गरेको छ् । आईतवार राती करिब मध्यरात करिब १२ बजे होण्डा साईन ९५५ नम्वर भएको नेपाली नम्वर प्लेटको मोटरसाईकल एक समुहले बाबाथान बजार लगाएत वडामा एमालेको सुर्य चिन्ह अंकित झण्डा गाएब गर्ने प्रयास गरेको नेकपा एमाले नगर अध्यक्ष तथा मेयर पदका उम्मेदवार किशोर कुमार लिम्बुले जानकारी दिएका छन् । गएराती बाबाथान बजारमा होण्डा साईन मोटरसाईकलमा सवार एक समुहले एमालेको सुर्य अंकित झण्डा गाएब गर्ने प्रयास गरेको लिम्बुले बताएका छन् । स्थानियहरुले झण्डा खोलेर फाल्न लागेको देखेर उक्त समुह मोटरसाईकलमा स्टार्ट गरेर फरार भएको बताईएको छ् । “झण्डा खोलेर फ्याक्न लागेको देखेर हामीले समान दगुरेपछि उक्त समुह भागे” प्रत्यक्षदर्शी अमर सुनारले भने । उनका अनुसार हामीले रोक्न भन्दा भन्दै मोटरसाईकल कुदाएर भागेको थिए । केही दिन अघि मध्यरातमा मोटरसाईकलमा सवार नचिनेका ब्यक्तीको समुहरुले खोका छाप्रामा लगाईएको झण्डालाई च्यातेर तथा दिशा लगाउदै फ्याकिदिएको थिए । नेकपा एमाले नगरकमिटिको हिजोको आपतकालिन बैठकले स्थानिय निर्वाचनमा एमालेको देश भरी लहर आईरहेको बेला बिरोधीहरुले केही दिन देखि लगातार एमालेको झण्डा गाएब गर्दै आएको बिषयमा आफ्नो गम्भिर ध्यानआकर्षण भएको जनाएको छ् । माहाकाली नगर क्षेत्रमा समेत एमालेको जनलहर आएको डर मान्दै बाबाथान बजार तथा वडा, टोलमा एमाले कार्यकर्ता माथी डर, त्रासको माहौल बनाउदै नेकपा एमालेको झण्डालाई बिस्तापित गर्ने षडयन्त्र गरेको बिपक्ष दलहरुका कार्यकर्ताको अभद्र ब्यवहार प्रति आम जनसमुदायहरु लाई जानकारी गराउदै स्थानिय निर्वाचनको मर्म तथा आचार संहिताको भावना विपरीत कार्य गर्ने सवार होण्डा साईन ९५५ नम्वर भएको नेपाली नम्वर प्लेटको मोटरसाईकल चालक तथा जो कोहीलाई तत्काल कार्वाही गर्न एमालेले सबै सरोकारवालालाई आग्रह गरेको छ् । “अनेरास्ववियु तथा माहाकाली नगरपालिका वडा नं. ६ का अध्यक्ष पदका उम्मेदवार ओंम बस्नेतलाई हिजो भएको नेपाली काग्रेंसको चुनावी कार्यक्रममा निराधार कुरा गरि चरित्र हत्या गर्ने कार्य प्रति नेकपा एमाले घोर भत्र्सना गर्दछ् । साथै यस किसिमको गतिबिधी हुुन नदिन सम्बन्धित निकायको ध्यानआकर्षण गर्न चाहान्छौं” एमाले नगर कमिटिको निर्णयमा भनिएको छ