बाबुरामले 'आँखा' छाडे, स्थानीय चुनावमा उपेन्द्रको 'मसाल' बोक्ने

Posted on: April 25, 2017 | views: 381

काठमाडौं ।

स्थानिय निर्वाचन तयारी अघि निर्वाचनको बिरोध र घोषणापछि चुनाव चिन्ह आँखा पाउनुपर्ने भन्दै आन्दोलनमा उत्रेका बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीले स्थानिय निर्वाचनमा उपेन्द्र यादवसँग सहकार्य गर्ने भएको छ ।


स्थानीय तहको निर्वाचनमा संघीय समाजवादी फोरम नेपालसँग मोर्चाबन्दी गर्ने भएको भट्टराई नेतृत्वको नयाँ शक्तिले अब आँखा चुनाव चिन्हको माग गरेपनि आन्दोलन छाडेर फोरमको मसाल चुनाव चिन्ह प्रयोग गर्ने भएको छ ।


एकतापछि को पार्टी अध्यक्ष बन्ने र बरियता क्रममा को को बस्ने भन्नेमा टुंगो लगाउन नसकेपछि दुई पार्टीले निर्वाचनमा एकभएर लड्ने सहमती गरेका हुन् ।


यसअघि भट्टराईले विभिन्न ६८ वटा नाम नसुनेका दलहरु बटुलेर चुनाव चिन्ह पाउनुपर्ने भन्दै निर्वाचन आयोगमा घेरा हाल्दै आन्दोलन समेत गरेका थिए ।


दुई पार्टीबिच कार्यगत एकतापछि नयाँ शक्ति र संघीय समाजवादी फोरमले आजै निर्वाचन आयोगलाई पत्र लेखेर फोरमको चुनाव चिह्न मसालबाट चुनाव लड्ने जानकारी गराउने तयारी गरेका छन् ।