बर्दियाका माओवादी मेयरका उमेद्वार यस्ता छन्

Posted on: April 23, 2017 | views: 197

लामो समयको छलफल र बहसपछि नेकपा 'माओवादी केन्द्र' बर्दियाले स्थानीय तहको निर्वाचनमा सहभागी गराउने उम्मेद्वारीको घोषणा गर्दै आधिकारिक उम्मेद्वारको नामहरु सार्वजनिक गरेको छ ।

जिल्लामा ८ वटा स्थानीय तहमा उम्मेद्वार तोक्नुपर्ने भए पनि पार्टी भित्रकै छलफलमा कुरा नमिलेपछि दुई नगरपालिकामा उम्मेद्वारपछि घोषणा गर्ने गरी ६ वटा स्थानीय तहको उम्मेद्वारको आधिकारिक नाम सार्वजनिक गरेको माओवादी केन्द्रका जिल्ला अध्यक्ष भवन कुमार थारुले बताए ।

थारुका अनुसार सदरमुकाम गुलरिया नगरपालिकाको मेयर पदका लागि गेहेन्द्र ढकाल र उपमेयर पदका लागि मोहन कुमारी ९मिथिला० फुँयालको नाम तोकिएको छ । त्यस्तै मधुवन नगरपालिको मेयर गणेश केसी उपमेयर शुभरानी थारु, राजापुर नगरपालिकाको मेयर पदमा दिपेश थारु र उपमेयर पदमा मनकला थारु रहेको उनले बताए ।

वाँसगढी नगरपालिकाको मेयर पदमा विनाराम थारु र उपमेयर पदमा भूमी विक छन् । गेरुवा गाउँपालिकाको अध्यक्ष पदमा वेगराज थारु, उपाध्यक्षमा लिला थारु र बढैयाताल गाउँपालिकामा अध्यक्ष लल्लुराम थारु उपाध्यक्ष राधा आचार्य तोकिएको पार्टीले जनाएको छ ।

आकांक्षीको संख्या धेरै भएका कारण ठाकुरवावा नगरपालिका र बारबर्दिया नगरपालिकामा मेयर तथा उपमेयर पदमा छलफल भइरहेको उनको भनाइ छ । माओवादी केन्द्रले स्थानीय तहका करिब सबै वाडमा अध्यक्ष तथा सदस्यको नाम तोकिसकेको माओवादी केन्द्र बर्दियाले जनाएको छ ।

अब साँच्चिकै बढ्यो आत्मविश्वास !

हिजोका दिनसम्म केही मानिसहरुको अगाडि गएर बोल्दा खुट्टा थरर काँप्ने गर्दथे तर आजदेखि भने मेरो आत्म विश्वास बढेको छ र केही गर्ने जाँगर पनि पलाएर आएको छ, ‘पत्रकारिता तथा उद्घोषण तालीमकी सभागी बसन्ती चौधरीले बताउनुभयो ।’ बर्दियाबाट प्रकाशन भैरहेको हाम्रो भावना राष्ट्रिय दैनिकको आयोजना तथा बारबर्दिया नगरसमिति ने।क।पा। ९माओवादी केन्द्र० को सहयोगमा बारबर्दिया नगरपालिका वडा नं। ७ को रम्भापुरमा आयोजना गरिएको ५ दिने पत्रकारिता तथा उद्घोषण तालीमा बोल्दै बसन्तीले यस्तो बताउनुभएको हो ।

बैशाख ५ गतेदेखि शुरु गरिएको पत्रकारिता तथा उद्घोषण तालीमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रममा हाम्रो भावना राष्ट्रिय दैनिकका प्रकाशक तथा सम्पादक मेघराज सिग्देलले प्रशिक्षार्थीहरुलाई शुभकामना दिनुहुँदै अबका दिनमा अझै जाँगरिलो भएर कलम चलाउन सुझाब सहित शुभकामना दिनुभयो । प्रेस सेन्टर बर्दियाका अध्यक्ष मेनका चौधरीले आफू इमान्दार तथा जागरुकताका साथ पत्रकारिता गरेमा यसको भविष्य उज्ज्वल छ र भोलिका दिनमा राष्ट्रिय मिडियाहरुमा काम गर्ने अवसर पाउन सकिने कुरा बताउनुभयो । 

तालीमको समापन कार्यक्रममा प्रशिक्षकहरु शितल थापा, प्रभुराम चौधरी, प्रभात सुवेदीले शुभकामना दिनुहुँदै निरन्तरको प्रयास र अध्ययनले मात्रै पत्रकारितामा सफलता पाइने कुरा बताउनुभयो । सहभागीहरुमध्ये उत्कृष्ट हुने युग बहादुर चौधरी र बसन्ती चौधरीलाई पुरस्कार तथा प्रमाण–पत्र प्रदान गरिएको थियो भने  सबै सहभागीलाइ प्रमाण–पत्र प्रदान गरिएको थियो । कार्यक्रम सहभागी प्रशिक्षार्थी पार्वती काफ्लेले समापन तथा प्रमाण–पत्र वितरण कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।