महानगरका प्रमुख र उप–प्रमुख पदमा सिफारिस गर्न मतदान

Posted on: April 22, 2017 | views: 200

पोखरा ।

पोखरा–लेखनाथ महानगरको नेतृत्वका लागि धेरै स्थानिय नेता कार्यकर्ता अघि सरेपछि नेकपा एमालेको सम्बन्धित  कमिटीले महानगरको  प्रमुख र उप–प्रमुख पदका लागि मतदान प्रक्रियाबाट  तीन/तीन जनाको नाम माथिल्लो कमिटिमा सिफारिस गरेको छ । 


उम्मेदवारका आकांक्षीहरु धेरै भएपछि उम्मेदवार चयनका निम्ति आन्तरिक निर्वाचन गरिएको नेकपा एमाले कास्कीले जनाएको छ ।