मोर्चा चुनावमा आउँछ, सहमतीको तयारी हुँदैछ-मन्त्री कमल थापा

Posted on: April 22, 2017 | views: 214

बिराटनगर ।

उपप्रधान एंव स्थानिय विकासमन्त्री कमल थापाले केहीदिन भित्रै मधेशी मोर्चासंग सहमती जुटने वताउनु भएको छ । 

विराटनगर विमानस्थलमा आज विहान संचारकर्मीसंग कुरागर्दै मधेशी मोर्चा संग भइरहेको वर्ता सकारात्मक वन्दै गएकाले केहिदिनमै सहमती जुटने र मोर्चापनी निर्वाचनमा सहभागी हुने वताउनुभयो । 

 उहाले संसदमा दर्ता भएको विधेयकलाई समान्य परिमार्जनगरी अघि वढाउने विषयमा मोर्चासंग सहमती वन्दै गएको  बताउनुभयो । 

नागरिक्ता , भाषा, राष्ट्रियसभाको गठनविधि तथा परिमार्जन सहितको संविधान संशोधनका विषयमा मोर्चासंग छलफल भइरहेको उहाको भनाई थियो ।  

उपप्रधानमन्त्री थापाले जनशख्याको विषयमा स्थानिय तहको शख्या कायम  गर्नुपर्ने माग माधेशी मोर्चाको रहेकाले सहमती जुटे केही जिल्लामा स्थानियतहको शख्या थपघट हुने बताउनुभयो ।

उपप्रधानमन्त्री थापाले मधेशी मोर्चा निर्वाचनमा सहभागी भए केही जिल्लामा दुई चरणमा निर्वाचन गर्न सकिने  प्रष्ट पार्नुभयो ।

 उहाले वैशाख–३१ गते हुन लागेको निर्वाचनको मिति नर्सने भन्दै  मोर्चा सहमतीमा आए  दलहरुको सहमतीमा केही जिल्लामा दुई चरणमा निर्वाचन गर्न सकिने वताउनुभयो । उहाले सहमतीका लागी  प्रतिपक्ष दल नेकपा एमालेलेको साथ र सहयोग आवश्यक रहेको वताउनुभयो ।