पार्टी खोलेका पूर्वसांसद टंक राई माओवादीमा मिसिए

Posted on: April 13, 2017 | views: 379

काठमाडौं ।

निर्वाचनमा ३ प्रतिशत थ्रेस होल्ड राखेपछि भुरेटाकुरे पार्टी खोल्दै अध्यक्ष बन्नेहरुले उस्तै दलहरुसँग मिल्ने क्रममा पूर्व सांसद टंक राईले पनि आफ्नो पार्टी माओवादी केन्द्रमा बिलय गराएका छन् ।


राई नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपा माओवादी केन्द्रमा बिलय भएको हो ।


बिहीबार माओवादी केन्द्रको कार्यालय पेरिसडाँडामा औपचारिक कार्यक्रम आयोजना गरी एकता घोषणा गरिएको छ ।


सीपी मैनाली नेतृत्वको नेकपा मालेबाट अलग भएर टंक राईले नेपाल कम्युनिष्ट पार्टी खोलेका थिए । तर संगठनात्मक ढाँचा कम नेता बढी भएर अस्तित्व संकटमा रहेको बेलामा निर्वाचनमा थ्रेसहोल्ड राखेपछि राईले पार्टी बिलय गराएका हुन् ।


नेकपा माओवादी केन्द्रमा बिलय गराएपछि राईलाई पार्टी हेडक्वार्टर सदस्यको जिम्मेवारी दिइने बताइएको छ । उनको पार्टीका रामहरि कार्की, अम्बेर राई लगायतले भने पोलिटव्यूरो सदस्यको जिम्मेवारी पाउने भएका छन् ।


पछिल्लो समय रामबहादुर थापा बादल, मातृका यादव र मणि थापा पनि माओवादी केन्द्रको हेडक्वाटर सदस्य बन्दै पार्टी एकता गरेर बसेका छन् ।


खोटाङबाट ०४८ र ०५१  मा नेकपा एमालेका सांसद बनेका राई पछि मालेमा लागेपनि  महासचिव सीपी मैनालीसँग बैचारिक मतभिन्नता पछि आफ्नै पार्टी खोलेका थिए ।