महाकालीमा स्थानिय निर्वाचनको तयारीमा जुट्दै दलहरु

Posted on: April 05, 2017 | views: 184

पप्पु गुरुङ्, २३ चैत्र, महाकाली नगरपालिका । स्थानीय निकायको निर्वाचन नजिकिदै जाँदा महाकाली नगरपालिकाकामा क्रियाशिल ठूला दल नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) र राप्रपाले आन्तरिक भेला र छलफललाई तिब्रता दिएका छन् । आन्तरिक छलफलमा कस–कसलाई मेयर र उप–मेयर बनाउँदा परिणाम आफ्नो पक्षमा पार्न सकिन्छ भन्नेमा केन्द्रित हुदै गएको छ । स्थानीयका दलहरु नगर र वडा स्तरीय छलफलमा जुटेका छन् । ठूला दलको आन्तरिक छलफलमा अन्तरसंघर्षको परिणाम आफ्नो पक्षका नेतालाई टिकट दिलाउन खोज्दा विवाद उत्पन्न हुने सम्भावना त्यत्तीकै प्रबल भएको छ् । दलहरुको आन्तरिक रुपमा सृजित विवाद सतहमा आउन थालेका छन् । २०७४ बैशाख ३१ मा हुने निर्वाचनलाई मध्ये नजर राख्दै काँग्रेसले नगरपालिकामा सम्भाबित मेयर र उप–मेयरको नामावली २८ गते सम्म आकांक्षी उम्मेदवारको अन्तिम टुङ्गो लगाएर क्षेत्रमा पठाउने तथा नगरका अध्यक्ष तथा सदस्यहरुको बिबरण २५ गते क्षेत्रमा पठाउने र क्षेत्रले बैशाख ७ गते उम्मेदवारको नामावली प्रकाशित गर्ने तयारी भएको मेयर पदका आकांक्षी उम्मेदवार तथा महाधिबेसन प्रतिनिधी बेल बहादुर रानाले बताएका छन् । यस्तै नेकपा एमालेले चैत्र ३० गते सम्म उम्मेदवारको लागी जिल्ला कमिटि, प्रदेश तथा केन्द्र सम्म बिबरण पठाउने भएको छ् । “बैशाखको पहिलो साता सम्म उम्मेदवारको टुङ्गो लाग्छ्” नेकपा एमाले जिल्ला कमिटि सदस्य राजिब खड्काले बताए । जिल्लामा पठाएको उम्मेदवारको नामावली टुङ्गो नलागेपछि प्रदेश हुदै केन्द्र सम्म पुगेर टुङ्गो लाग्ने सदस्य खड्काले बताए । “सम्भवत: सहमतीबाट जिल्लाबाट टुङ्गो लागाउने छौं” जिल्ला कमिटि सदस्य राजिब खड्काले भने । नेकपा माओबादी केन्द्रले वडा अध्यक्ष तथा सदस्य उम्मेदवारको नामावली चैत्र २७ गते सम्म निर्णय गरि पठाउने भएको नेकपा माओबादी केन्द्रका केन्द्रिय सल्लाहकार मान बहादुर सुनारले जानकारी दिएका छन् । “बैशाखको पहिलो साता भित्र उम्मेदवार फिक्स हुन्छ” नेकपा माओबादी केन्द्रका केन्द्रिय सल्लाहकार मान बहादुर सुनारले बताए । राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि महाकाली नगरपालिकाबाट नगरको ३० गते बैठकमा निर्णय गरेर उम्मेदवारको नामावली सिफारिस गरि पठाउने सहमती भएको राष्ट्रिय प्रजातन्त्र पार्टी नगर प्रबक्ता प्रेम क्षेत्रीले जानकारी दिएका छन् । काग्रेंस लगाएत एमालेमा वडा वडामा देखिएको असंख्य आकांक्षी उम्मेदवारलाई कसरी मिलाएर लैजाने बिषयमा तालमेल गर्न नेतृत्व पंक्तीलाई हम्मे भईरहेको बताईएको छ् । “एक वडामा एक वडा अध्यक्ष तथा सदस्यको लागी १५/१५ जना आकांक्षी उम्मेदवार देखिएका छन्” काग्रेंस श्रोतले भन्यो । उम्मेदवारी नपाएपछि असन्तुष्ट बनेका नेताहरु भित्र्याएर पार्टीलाई क्षति पुर्‍याउने रणनीतिमा नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा माओवादी केन्द्र र राप्रपा लागेको छ । गुठगत राजनीतिमा माहिर ठूलो दल काँग्रेसले विगतमा देखिएका असन्तोष र धारको राजनीतिलाई अन्त्य गर्ने अवसरका रुपमा स्थानीय निकाय निर्वाचनलाई उपयोग गर्ने रणनीति अख्तियार गरेको छ । त्यसको ठिक विपरित बाहिर नदेखिने तर आन्तरिक कलहमा दीर्घ रोगी एमालेमा नगर उम्मेद्ववार बनाउने नेताको छनौट गर्दा लाईन संघर्ष चुलिदै जाने सम्भावना पनि त्यत्तीकै बढेर गएको छ् । बिगतको तुलनामा नेकपा माओबादीको अवस्था महाकालीमा निकै कमी आएको कारण संगठन बलियो बनाउन नेतृत्व पंक्तीलाई हम्मे हम्मे पर्दै आएको एक थरीको भनाई रहेको छ् । बिगतमा टुटफुट भएको राप्रपा एक जुट भएपछि  केही राहतको श्वास फेर्दै केही फराकिलो भएको आकंलन गरिएको छ् । महाकाली नगरपालिका क्षेत्र नेपाली काग्रेंसको गढ मानिएको क्षेत्र भएपनि पछिल्लो चरणमा आएर नेकपा एमाले र राप्रपाको त्यत्तीकै राम्रो प्रभाव बन्दै गएको छ् । स्थानिय निर्वाचन भएको हुदा पार्टी भन्दा ब्यक्ती विशेषलाई भोट खसाल्ने सम्भावना बढेर गएको एक थरीको भनाई रहेको छ् । लामो समय पछी हुन लागेको स्थानिय तहको निर्वाचन घोषणा संगै महाकालीमा चुनावी ताप दिनहु बढ्दै गएको छ । स्थानिय तहको निर्वाचन नजिकिदै गर्दा दलहरुमा उमेम्दवार बन्ने आकांक्षीहरुको दौडधुपले तिब्रता आएको छ् । महाकालीमा कांग्रेस, माओबादी केन्द्र, एमालेमा नगरपालिकाको मेयर, उपमेयर, वडा अघ्यक्ष र सदस्यहरुको लागी ठुला तिन दल भित्र हानाथाप र तछाड मछाड सुरु भएको छ । निर्वाचन आचार संहिता कारण प्रचार प्रसार नगरे पनी सम्भावित मेयर, उपमेयरका दावेदारहरु आफ्ना कार्यकर्ताहरु संगको भेटघाट तथा छलफलमा सक्रिय हुन थालेका छन् । सार्वजनिक स्थल चोक, चिया पसलहरुमा कुन पार्टीमा कस्ले उम्मेदवार पाउला भन्ने चर्चा निक्कै छ । पार्टीको तर्फ बाट आधिकारिक उम्मेदवार घोषणा नभए पनी गाँउ, बजार र राजनितिक बृत्तमा संभाबित ब्यक्ति हरुको चर्चा चल्न चालेको छ् । महाकाली  बजार यति खेर चुनावी माहोलले निक्कै तातेको छ् ।