जनमतसँग डराएका महतो भन्छन्-'संशोधन अघि चुनाव हुनदिन्नौं'
Posted on: April 04, 2017 | views: 395
भैरहवा ।
संविधानसभा चुनावमा पराजित भएरपनि तराईको नेता भन्दै हिँडेका सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो फेरी स्थानिय चुनावको बिरुद्ध लाग्न थालेका छन् ।
जनताको मतसँग ठराउँदै चुनावको बिरुद्ध भाषणबाजी गर्दै हिँड्न थालेका महतोले बिवादास्पद संविधान संशोधन चुनाव अघि हुनुपर्ने माग गरेका छन् ।
जनमतसँग डराएका महतोले घुर्की लगाउँदै आफुहरुको माग संवोधन नभए मुलुकमा महाभारत हुने समेत बताए ।
महतोले यथास्थितिमा निर्वाचन गराए मधेसमा असहयोग आन्दोलन गर्ने चेतावनी दिँदै मोर्चाको माग पुरागर्नुपर्ने बताए ।
संविधान घोषणापछि भारतीय इशारामा संविधानको बिरोध गर्दै भारतले गरेको नाकाबन्दीमा साथ दिंदै तराईका जिल्लामा हिंसात्मक आन्दोलन गर्न भड्काएका महतो भारत निकत मधेश केन्द्रित नेताका रुपमा चिनिन्छन् ।
अंगिकृत नागरिकता लिएका महतोले आफुले नागरिकता लिएपछि बावुलाई नेपाली नागरिकता लिन लगाएका थिए । महतोको जन्म भारतमा भएको हो भने उनका बुवा उनि नेपालमा राजनीतिमा लागेपछि नेपालमा आएर नेपाली नागरिकता लिएर बस्दै आएका छन् ।