मधेशी दलहरु हिन्दी भाषालाई कामकाजी बनाउँदै राजनीतिक अस्थिरता ल्याउन खोजिरहेका छन् ः पोखरेल

Posted on: April 01, 2017 | views: 294
धनकुटा । निर्वाचन बिथोल्न खोज्नेहरु फासिष्टहरु भएको नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले बताएका छन् । प्रेस चौतारी नेपाल धनकुटाले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै एमाले महासचिव पोखरेलले मधेशवादी दल र निर्वाचन बहिष्कार गर्ने दलहरुलाई लक्षित गरेर यस्तो बताएका हुन् । उनले भने ‘लोकतन्त्रमा निर्वाचन हुन नदिनु फाँसिवादी चिन्तन हो ।’ लोकतन्त्रमा निर्वाचनबाट आफ्नो प्रतिनीधि छान्न पाउनु जनताको मौलिक अधिकार भएकोले बैशाख ३१ गतेको निर्वाचनको बिकल्प नभएको पनि बताए । मधेस केन्द्रित दलले संविधान संशोधनको कुरा उठाएर अस्थिरता सिर्जना गरिरहे पनि पनि अन्नतः निर्वाचनमा भाग लिनुको बिकल्प नभएको उनको भनाई छ । मधेशी दलहरुले हिन्दी भाषालाई कामकाजको भाषा बनाउन खोजेको, पहाड र तराईमा छुट्टै राष्ट्रियता छ भन्ने बनाउन खोजेकाले संविधान संशोधन नहुने पनि महासचिव पोखरेलले स्पष्ट पारे । मधेसमा एमाले मुक्त अभियान चलाउने र निर्वाचनमा एमाले विरुद्ध अपवित्र गठबन्धन गर्ने तयारी भईरहे पनि एमाले मैदान छाडेर नभाग्ने महासचिव पोखरेलले बताए ।