तीनवटै सुरक्षा प्रमुखलाई बोलाएर गृहमन्त्री निधिले दिए यस्तो निर्देशन

Posted on: February 14, 2017 | views: 395

काठमाडौं,फागुन ३ । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले अपराध नियन्त्रण तथा शान्ति सुरक्षा कायम गर्न र कानुनी शासनको पालनामा कसैसंग कुनै संझौता नगरी दृढतापूर्बक काम गर्न सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएका छन् ।

मंगलबार दिउँसो गृहसचिब सहित तीनवटै सुरक्षा निकायका प्रमुखहरुलाई सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा डाकेर मन्त्री निधिले यस्तो निर्देशन दिएका हुन् । हिजोमात्र नयाँ जिम्मेवारीमा पाएका नेपाल प्रहरीका निमित्त महानिरीक्षक डा. दिनेशचन्द्र पोखरेल र सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठलाई निबर्तमान नेतृत्वले गरेको कामलाई निरन्तरता दिन पनि उनले निर्देशन दिए ।

सीमा सुरक्षा र आन्तरिक सुरक्षा चुनौतीलाई ध्यानमा राखेर काम गर्न निर्देशन दिंदै गृहमन्त्री निधिले भने,‘सुन तस्करी, लागू औषध एवं सामाजिक र आर्थिक अपराध नियन्त्रणमा कडाई गर्नु पर्यो ।’

नागरिकता संशोधन सम्बन्धी बिधेयक र बिपद् व्यबस्थापन सम्बन्धी बिधेयक यथाशीघ्र पेश गर्न गृहसचिब लोकदर्शन रेग्मीलाई निर्देशन दिदै निधिले बिगतमा मधेशी मोर्चासंग भएको सहमति अनुसार मुद्धा फिर्ताको प्रकृया तत्काल टुङ्याउँन पनि सचिब रेग्मीलाई निर्देशन दिएका छन् ।