भारतलाई खुसीपार्न देउवा संविधान संशोधनमा दुई तिहाई जुटाउन आफैं कस्सिए

Posted on: February 06, 2017 | views: 442

काठमाडौं ।
आलोपालो प्रधानमन्त्रीको सौदाबाजीमा सरकारमा गएको नेपाली काँग्रेसका सभापती शेरबहादुर देउवा भारतलाई खुशी पारेर भावी प्रधानमन्त्री बन्नकै लागि विवादास्पद संविधान संशोधनमा दुई तिहाइ पुर्याउन लागि परेका छन् ।

सत्ता साझेदार नेपाली कांग्रेस र मधेसी मोर्चाबीच संविधान संशोधन विधेयक कसरी पारित गराउने भन्नेबारे छलफल भएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले आइतबार दिउँसो मधेसी मोर्चाका नेताहरुलाई बुढानीलकण्ठमा बोलाएर संशोधनको पक्षमा दुई तिहाइ पुर्याउन मोर्चा र काँग्रेसले अन्य दलहरुलाई फकाउने सहमती गरेका छन् ।

बैठकमा संविधान संशोधन विधेयकबारे छलफल भएको भारत निकट कांग्रेस नेता कृष्ण सिटौलाले जानकारी दिए ।

देउवाले एक समय संविधान संशोधन विधेयकमा एमालेले पनि भोट हाल्ने र दुई तिहाईले पास हुने दाबी गर्ने गरेपनि अहिले त्यो भन्न छाडेका छन् । संविधान संशोधन नहुने अवस्था देखेपछि देउवा जसरी पनि पारित गराउन लागि परेका छन् ।

आइतबारको बैठकमा उनले दुई तिहाई पुर्‍याउन सरकारसँग दलहरु लाग्नु पर्ने प्रस्ताव गरेका थिए ।

संविधान संशोधन प्रस्ताव पारित गराउन काँग्रेसले पहल नगरेको मधेशी मोर्चाका नेताहरुले भनेपछि पहल गर्ने प्रतिवद्धता कांग्रेसले जनाएको सदभावना पार्टीका सहअध्यक्ष लक्ष्मण लालकर्णले जानकारी दिए ।

मधेसी मोर्चाका नेताहरुले सरकार निर्माणमा सहयोग गरेपनि विभिन्न नियुक्तिहरुमा मधेशी मोर्चाका आसेपासेलाई बेवास्ता गरिएको गुनासो पनि गरेका थिए ।

बैठकमा भारत केन्द्रित राजनीति गरेर मधेशी मोर्चाको नाममा तराईमा राजनीति गर्दै आइरहेका नेताहरुले मधेश आन्दोलनका नाममा भएको हिंसात्मक प्रदर्शनमा मारिएका भारतीय र झुण्डिएर मेरका भनिएका व्यक्तिलाई अझैसम्म शहिद घोषणा नगरेको गुनासो मसेत गरेका थिए । जवाफमा काँग्रेसले यसमा सरकारसँग समन्वय गरेर निर्णय गराउने आश्वासन दिएका थिए ।