ओलीको बोली-‘प्रस्ताव पास गरेर देखाउन चेतावनी,फिर्ता लिए सहमति हुन्छ’

Posted on: December 12, 2016 | views: 474

नेपालगन्ज, मंसिर २७ । प्रमुख प्रतिपक्षी दलका नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पहिचानका नाममा जनता अल्मल्याउने र उनीहरुलाई अन्धकारमा राखी राजनीति गर्नेहरुले मुलुक बिगारेको टिप्पणी गरेका छन् ।

प्रेस चौतारी बाँकेले नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले संविधान संशोधनको प्रस्ताव जनविरोधी र राष्ट्रघाति भएको बताए। “वर्गका नाममा पार्टी खोल्ने अनि जातीय राजनीति गरेर नेपाली–नेपालीबीच द्वेष फैलाउने नेताहरुकै कारण मुलुक राजनीतिको भुमरीमा फस्दै बताए ।

अब राजनीतिक सहमतिको बाटो के हुन सक्छ रु भन्ने पत्रकारको प्रश्नको जवाफमा ओलीले– “संविधान संशोधन प्रस्ताव फिर्ता लिए सहमति हुने बताए । अध्यक्ष ओलीले भने –“जनता हिमाल, पहाड र तराई छुट्याउन चाहँदैनन् । अनि किन तराईलाई पहाडबाट अलग गर्ने प्रस्ताव ल्याइयो ?”

जनताका प्रतिनिधिले बनाएको संविधानको विरोध गर्नेहरु नै संविधान संशोधनको नाममा मुलुकलाई द्वन्द्वमा फसाउन चाहेको टिप्पणी गर्दै उहाँले सरकारले ल्याएको संविधान संशोधनको प्रस्तावले जनतालाई खुसी बनाएको छैन, रुवाएको छ, पीडामा पारेको छ ।

देश र राष्ट्रको हितमा कुरा गर्दा नश्लवादीको आरोप लगाउने गरिएको बताउँदै एमाले अध्यक्ष ओलीले शुरूमा पहिचान भन्दै विष फैलाएर समुदाय समुदाय बिचमा द्वन्द्व बढाउने र त्यस पछि द्वन्द्व व्यवस्थापनको नाममा उद्योग खोल्ने प्रवृत्ति बढेको दाबी गरे। राष्ट्रिय एकता, उन्नती, विकास र सद्भावविरुद्ध द्वन्द्वको उद्योग खोल्न खोजिएको बताउदै एमाले अध्यक्ष ओलीले देश अब द्धन्दभन्दा पनि राष्ट्रिय एकता र सम्बृद्धिको दिशामा अगाडि बढ्नुपर्ने बताए।