संशोधन प्रस्ताव अन्योलमै छाडेर रामदेवको अंगालोमा बाँधिन पुगे प्रधानमन्त्री (फोटोफिचर)

Posted on: November 27, 2016 | views: 314

काठमाडौं,मंसिर १२ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बाबा रामदेवको विशेष आग्रहपछि वीरगञ्जमा जारी योग विज्ञान शिविरमा सहभागि भएका छन् । रामदेवले टेलिफोन गरेर आफ्नो कार्यक्रममा आइदिन विशेष अनुरोध गरेपछि प्रचण्ड आइतबार दिउँसो शिविरमा सहभागि भएका हुन । आइतबार संविधान संशोधन प्रस्ताव दर्ता हुन नसकेपछि संशोधन दर्ता सोमबार मात्रै गर्ने निर्णय भएको छ।

त्यहाँ पुगेर प्रधानमन्त्रीले योग गरेको, रामदेवसँग अगाँलो मारेको र पानसमा बत्ति बालेको तस्बिर सार्वजनिक भएको छ । प्रधानमन्त्री दाहालले त्यहाँ सम्बोधन समेत गरे। योग विज्ञान शिविरलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले संविधान संशोधन गरेर हिमाल, पहाड र मधेसलाई जोड्ने ऐतहासिक क्षणमा अहिले मुलुक रहेको बताए । उनले संविधान संशोधनको अन्तिम तयारीमा आफूहरु लागेको समेत बताए ।



r