कांग्रेस महिला केन्द्रीय सदस्यमा कसलाई कति मत ? 

Posted on: April 27, 2016 | views: 250

२८ फागुन, काठमाडौं । 
नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा महिला केन्द्रीय सदस्यको २ सय मत गणना भएको छ। प्राप्त मतगणना अनुसार पुरानै अनुहार यो पटक पनि हावी हुने देखिएको छ। यो समूहबाट ६ उम्मेदवार निर्वाचित हुनेछन्।सय मत गन्दा कमला पन्त ८२, अम्विका बस्नेत ६७, इश्वरी न्यौपाने ६२, डा। डिला संग्रौला ७७, रिता खनाल ६१, प्रमिला र्राई ६१, रुक्मिणी कोइराला ६१ र सरिता प्रसाई ६४ रहेको छ। महिलाको ६ सीटमा ३८ जना उमेद्वार रहेका छन्। जनजातीतर्फका केन्द्रीय सदस्यको मतगणना पनि भइरहेको छ। 
 
पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी मत गणनामा विहिबार साँझ सम्म खुला तर्फ ४ सय मत गणना भएको छ। यस्तै, शुक्रबार (आज)बाट दलित, मधेसी, जनजाती, महिलातर्फको भिन्दा भिन्दै ५ स्थानमा मतगणना सुरु भएको छ।