माधव कुमार नेपालले भने-'संविधानका कुन दफा मधेश बिरोधी छ देखाउ'

Posted on: November 14, 2016 | views: 272

२९ कार्तिक, काठमाडौं ।
नेकपा एमालेका नेता माधवकुमार नेपालले एमाले मधेसविरोधी पार्टी भनेर गरिएको प्रचारबाजी गलत भएको बताउनुभएको छ ।

उहाँले अहिलेको संविधान विश्वमै उत्कृष्ट रहेकाले संविधानमा मधेस विरोधी कुनै दफा भए देखाउन मधेसवादी दलहरुलाई चुनौती दिनुभयो ।

सिरहाको लहानमा आज आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले नयाँ संविधान बन्दा केही असन्तुष्टि आउनु स्वभाविक भएको त्यो विस्तारै मिल्दै जाने बताउनुभयो ।