सयदिनमा प्रधानमन्त्रीको काम, जनता भन्छन् 'लम्पसारवाद' मात्र भयो नाम

Posted on: November 11, 2016 | views: 430

२६ कार्तिक, काठमाडौं ।
सामाजिक सञ्जाल सहित देशभर प्रधानमन्त्रीको १ सय दिनको काम भारतसँग लम्पसार पर्नुमात्र भएको आलोचना भइरहँदा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने ३ सय दिनमा गर्ने काम सयदिनमा गरेको दाबी गरेका छन् ।

सामाजिक सञ्जालमा ह्यासट्याग राखेर लम्पसारवाद १ सय दिन भन्दै सर्वसाधारणबाट बिरोध भइरहँदा प्रधानमन्त्रीले स्तर नभएकाले बिरोध गरेको भन्दै अपमान समेत गरेका छन् ।

यसैगरि प्रधानमन्त्री पुष्पकमल दाहालले सबैको सहमति जुटाएर यहि महिनाभित्रै संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता गर्ने वताएका छन् ।

आफ्नो नेतृत्वमा सरकार गठन भएको सय दिन पुगेको अवसरमा सिंहदरबारमा आज आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री दाहालले संविधान संशोधनका  लागि राष्ट्रिय सहमतिको वातावरण वनाउने प्रयास भैरहेको वताए ।

प्रधानमन्त्री दाहालले संविधान कार्यान्वयनका लागि आवश्यक विधेयकहरु तयार गरी व्यवस्थापिका संसदमा पेश गर्ने कार्यलाई उच्च प्राथमिकता दिइएको र संविधान कार्यान्वयनका लागि स्थानीय तह र अन्य निकायहरुको निर्वाचन सम्पन्न गर्नुपर्ने बताए ।

प्रधानमन्त्री दाहालले सविधान कार्यान्वयनका लागि प्रदेश कार्यालय तोक्ने र त्यसका लागि आवश्यक अन्य कार्यहरुलाई अन्तिम रुपदिने काम भै रहेको वताए ।

प्रधानमन्त्री दाहालले संविधान कार्यान्वयन गर्ने विषयलाई उच्च प्राथमिकता दिइएअनुरुप गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित तथा स्वायत्त क्षेत्रको संख्या तथा सिमाना निर्धारण गर्न गठित आयोगलाई थप मापदण्ड उपलब्ध गराई  स्थानीय तहको पुनर्संरचना सम्बन्धी काम अन्तिम चरणमा पुगेको बताए ।  

प्रधानमन्त्री दाहालले सविधानको कार्यान्वयन गरि २०७४माघ ७ गतेभित्र सवै तहको निर्वाचन सम्पन्न गर्न राष्ट्रिय सहमति आवश्यक भएको र त्यसका लागि राजनीतिक दलसँगै नागरिक समाज, सञ्चार जगत सबै एकतावध्दभएर लाग्नु पर्ने वताए ।

प्रधानमन्त्री दाहालले राष्ट्रिय गौरवका आयोजनाहरुको स्थलगत अवलोकन र अनुगमन गरि ति आयोजनाहरुको काम निर्धारित समयमै सम्पन्न गर्ने निर्देशन दिएको वताए ।

प्रधानमन्त्री दाहालले शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउने सन्दर्भमा सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन आयोगसँग सम्वन्धित ऐनहरुको संशोधन मस्यौदा तयार भएको जानकारी दिए ।

प्रधानमन्त्री दाहालले भुकम्प पीडितहरुले पाउने अनुदानको रकमलाइ २ लाखबाट वृद्धि गरी ३ लाख र पुरयाइएको र पहिलो किस्तामा ५० हजार, दोस्रो किस्तामा १ लाख ५० हजार र तेस्रो किस्तामा १ लाख रुपैयाँ पाउने गरी अनुदान वितरण कार्यविधिमा संशोधनको प्रकृया अगाडी वढेको वताए ।

प्रधानमन्त्री दाहालले चीनसँगका सिमा नाकाहरुलाई सञ्चालनमा ल्याउन आवश्यक काम भै रहेको वताए ।

प्रधानमन्त्री दाहालले वैदेशिक रोजगारमा गई करार अवधिभित्र अंगभंग तथा मृत्यू भएका कामदार वा निजका हकवालाहरुलाई प्रदान गरिने राहत तथा क्षतिपुर्तिको रकम ३ लाखबाट वृद्धिगरी ७ लाख रुपैयाँका दरले उपलव्ध गराउने गरी  वैदेशिक रोजगार नियमावलीमा सशोधन कार्य अगाडी वढेको वताए ।

यसैबिच नेकपा माओवादी केन्द्र मोरङद्वारा विराटनगरमा आज आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले संविधान संसोधनका लागि मुख्य दलहरुबीच छलफल गरी कार्तिक महिना भित्र संविधान संशोधन प्रक्रिया अगाडी बढाउने गरी काम भइरहेको बताए ।

प्रधानमन्त्री दाहालले अहिलेको प्रमुख चुनौती भनेको संविधान कार्यान्वयन भएकाले त्यसतर्फ सरकारको ध्यान केन्द्रीत रहेको बताए ।

प्रधानमन्त्री दाहालले संविधान कार्यान्वयनका लागि निर्वाचन आवश्यक रहेकाले स्थानीय तह पुर्नसंरचना आयोगको प्रतिवेदन आउने वितिकै सरकारले निर्वाचनको मिति घोषणागर्ने बताए ।

आजै सिरहामा आयोजित कार्यक्रममा प्रधानमन्त्री मधेशबाट चुनाव जितेकाले मधेसप्रति आफ्नो ठूलो जिम्मेवारी रहेको बताए ।

दाहालले मधेसका जिल्लामा खानेपानी, बिजुली, सडकलगायतका पूर्वाधार निर्माणतर्फ सरकारले प्याकेजसहित काम अघि बढाएको जानकारी दिए ।