२६ कार्तिक, काठमाडौं ।
बाहिरि आवरणमा संघियता र संसद लगायतमा प्रतिनिधित्व देखाएपनि नेपाली नागरिकता लिएका भारतीयले मूख्य पद पाए बिरोध छाड्ने तयारीमा रहेको मधेसी मोर्चाले उक्त माग पुरा नहुने छाँट देखेपछि संसद अवरोध गर्ने भएको छ ।
चरम विवादीत अख्तियार दूरुपयोग अुनसन्धान आयोगका पूर्व प्रमूख आयुक्त लोकमानसिंह कार्कीमाथि महाअभियोग प्रस्ताव समेत रोक्नेगरि मोर्चाले संसद अवरोध गर्ने निर्णय गरेको छ ।
कार्की बिरुद्धको महाअभियोगको समर्थन नगरि बचाउ गर्दै आएको मोर्चाले कार्कीलाई बचाउनेगरि संसद बैठक अवरोध गर्ने तयारी गरेको छ । व्यवस्थापिका संसद बैठक बिहिबार बस्दैछ ।
संसदको बैठक विहान ११ बजे बोलाइएको छ र बैठकमा अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावमाथि छलफल हुनेछ ।
तर, मधेसी मोर्चाले भने लोकमानविरुद्धको महाअभियोगमा भाग नै नलिने र संसद बैठक बहिस्कार गर्ने बताएको छ ।
स्मरणीय छ मधेसी मोर्चाले महाअभियोगबारे अहिलेसम्म केही बोलेको छैन । उपेन्द्र यादव, राजेन्द्र महतो लगायतले यो आफुहरुको मुद्दा नभएको भन्दै कार्कीको बचाउ गर्दै आएका छन् ।