२५ कार्तिक, काठमाडौं ।
राष्टिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शम्सेर राणाले स्थानिय निकायको पुर्नर संरचना गरेर मात्र स्थानिय निकायको निर्बाचन गर्ने हो भने त्यो असम्भव हुने बताएका छन् ।
राप्रपा अध्यक्ष राणाले पुरानै संरचनाको आधारमा स्थानिय निकायको निर्बाचन गर्ने हो भने मात्र समयमै निर्बाचन सम्भब हुने भएकाले पुरानै संरचना मा स्थानिय निकायको निर्बाचन पुरानै संरचनाको आधारमा गर्न सरकारसगँ आग्रह गरे ।
सो कुरा राप्रपा अध्यक्ष राणाले पाँचथरको फिदिममा बिहिबार आयोजित राप्रपाका अगुवा कार्यकर्ताहरुलाई सम्बोधन गर्ने कार्यक्रममा पत्रकारहरु संगको भेटघाट कार्यक्रमम बताएका हुन् ।
उनले स्थानिय निकायको पुर्नर संरचनाको यो लफडाका कारण समयमा निर्बाचन सम्भब नहुने भएका कारण गाउँपालिकाको अवधारणा प्रदेशको निर्बाचन पश्चात मात्र संम्भब हुने बताए ।
राप्रपा अध्यक्ष राणाले आफ्नो पार्टी हिन्दु गणतन्त्रको पक्षमा अघि बढ्ने बताए । उनले केही पार्टीका नेताहरुले कसैसँग छलफल नै नगरि देशलाई धर्म निरपेक्ष घोषणा गरेकोले ८१ प्रतिशत हिन्दुहरु उनीहरुका बिपक्षमा रहेको उनको भनाई छ ।