झिलिमिलि बत्तिको दिन बालुवाटारमा 'कालो' सहमती

Posted on: October 31, 2016 | views: 317

१५ कार्तिक, काठमाडौं ।
राजधानी काठमाडौं सहित देशभर र विश्वभर छरिएका नेपालीहरुले लक्षि पूजाको दिन झिलिमिलि बत्ति सहित लक्ष्मिपूजा गरिरहँदा प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा भने कालो निर्णय सहितको सहमती भएको बुझिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल सहित सतारुढ दलका नेताहरु र मधेश केन्द्रित राजनीति गर्दै आएको पार्टीहरुको समुह मधेशी मोर्चाका नेताबिच संविधान संसोधनका लागी संविधान संसोधन विधेक दर्ता गर्ने सहमती भएको छ ।

श्रोतका अनुसार सहमती अनुसार संविधान संशोधनमा नेपाली नागरिकता लिएका भारतीय अर्थात् अंगिकृत नागरिक भएकाहरुले पनि नेपालको राष्टपति समेत बन्न पाउनेगरि संविधान संशोधन गरिने भएको छ ।

भारतीय आशिर्वादमा केपी ओली सरकार ढालेर प्रधानमन्त्री बनेको आम आरोप खेप्दै आएको पुष्पकमल दाहाल नेतृत्वको सरकारले भारतले दवाव दिंदै आएको भनिएको यो माग पुरा गर्नेगरि संविधान संशोधन गर्ने सहमती गरेको छ ।

यसैगरि तराईका जिल्लालाई समेटेर गरिने भनिएको संघियताको पुर्नसंरचना सहित संख्याको आधारमा प्रतिनिधि र राष्टिय सभामा प्रतिनिधित्व र मधेश केन्द्रित नेताहरुको निर्वाचन क्षेत्र रहेका ठाउँहरुलाई नटुक्र्याउनेगरि संघियताको बाँडफाँड गर्ने सहमती समेत भएको मधेश केन्द्रित घटककै एक शिर्ष नेताले टपनेपालन्युजलाई जानकारी दिएका छन् ।

'तपाईहरु हामी सबैलाई भारतीय ठान्नुहुन्छ ति नेताले भने अब हेर्नुहोस् भारतीय आशिर्वादमा को चलेको छ सत्ता चलाउनेहरु कि माग राख्नेहरु मात्रै हुने ?' उनले भने-'प्रधानमन्त्री पुष्प कमल दाहालले नै जति सक्दो जाडो मधेसीको मागपुरागर्नेका लागी संविधान संसोधन विधेक दर्ता गर्ने भने, उपप्रधान तथा गृहमन्त्री रहेका विमेलेन्द निधिले संशोधन गर्नुपर्ने भन्दै राष्टघाती प्रस्ताव आफैं बैठकमा राखे अब को देशभक्त ?'

वैठकमा नेपाली कांग्रेसका सभापती शेरवहादुर देउबा र वरिष्ठ नेता रामचन्द« पौडेल, राष्ट्रिय प्रजातान्त्रीक पार्टीका अध्यक्ष पशुपति शम्शेर राणा र संघिय गठबन्धन आवद्ध मधेश केन्द्रित नेताहरु सहभागी थिए ।