ओलीले भने-'प्रचण्ड प्रधानमन्त्री भएदेखी मुलुक ब्याग गेरमा चलिरहेको छ'

Posted on: October 30, 2016 | views: 277

१४ कार्तिक, भक्तपुर ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो तीन महिनामा मुलुक अगाडी बढ्नुको सट्टा पछाडि धकेलिएको बताएका छन् ।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारप्रति लक्षित गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले यो तीन महिनाको अवधि विना उपलब्धी खेर गएको र यो दुर्भाग्यपुर्ण भएको बताए ।

एमालेले भक्तपुरमा आयोजना गरेको शुभकामना आदन प्रदान कार्यक्रममा बोल्दै ओलीले मुलुक अगाडी बढ्नुपर्नेमा ब्याक गेएर लागेर पछाडि धकेलिदैं गएको बिचार राखे ।

उनले आप्mनो नेतृत्वमा सरकार हुदाँ घोषणा गरेका विकासका कार्यक्रमले मुलुकलाई अगाडी बढाउने निश्चित भएपछि विरोधीहरुले विकास नचाहेका कारण अहिले समस्या बढ्दै गएको आरोप लगाए ।

कार्यक्रममा अध्यक्ष ओलीले नेपालीहरुले पहिला आफ्नो देश सिंगार्न जरुरी रहेको उल्लेख गर्दै देशलाई संम्वृद्ध बनाउन सक्छौं भन्ने आत्मविश्वासाथ युवाहरुले जागृत गराएर अगाडी बढ्नुपर्नेमा जोड दिए ।

एमाले अध्यक्ष ओलीले एमाले पार्टी भएसम्म कसैले नेपाललाई पछाडी धकेल्न नसक्ने बताउदै जनतालाई एमालेको विश्वासमा ढुक्क हुन आग्रह गरे ।

दिपावली पर्व प्रकृति, जीव र मानिसको आपसी सम्बन्धको प्रतिक भएको उल्लेख गर्दै अध्यक्ष ओलीले नेपाल सम्बत नेपालीको मौलिक सम्बत भएको पनि बताए ।

कार्यक्रममा एमाले नेताहरु परशुराममेघी गुरुङ, सानु कुमार श्रेष्ठ, कृष्ण गोापल श्रेष्ठ, मध्यपुर नगर कमिटी संयोजक मदन श्रेष्ठ लगायतले मुलुकलाई सम्ंवृद्ध बनाउन सबै एकजुट हुनुपर्ने धारणा व्यक्त गरे ।