यस्तो छ रामचन्द्र पौडेललले हार्नु र शशांक कोइरालाले जित्नुको कारण 

Posted on: May 01, 2016 | views: 162

२६ फागुन, काठमाडौं  । 
सभापतिका उम्मेदारमा शेरबहादुर देउवासँग रामचन्द्र पौडेल हारे । तर, महामन्त्रीमा कोइराला परिवारकै नेता शशांक कोइराला भने विजयी भए । तर, देउवा पक्षका महामन्त्रीका उम्मेदवार अर्जुननरसिंह केसी पराजित हुन पुगे । आजको नयाँ पत्रिका दैनिकमा पौडेल हार्नु र शशांक जित्नुको तर्क यसरी दिइएको छ ।

पौडेल पराजित हुनुको ६ कारण
१. पहिले पनि पकड थिएन अहिले पनि बनाउन सकेनन्
कांग्रेसमा सुशील कोइराला र शेरबहादुर देउवाका प्रस्ट र बलिया गुट थिए । नेतात्रयका रूपमा रामचन्द्र पौडेलको नाम आउने गरे पनि उनको छुट्टै गुट थिएन । गिरिजाप्रसाद र सुशीलसाग टक्कर लिएर वैकल्पिक नेताको छवि बनाएका देउवाले यसपालि हरेक प्रतिनिधिलाई नामबाटै सम्बोधन गरेर पत्रसमेत लेखे । राजनीतिमा पाएको सुख–दुस्खको कदर गर्दै देउवाको हस्ताक्षरसहितको पत्र पाएपछि प्रतिनिधि उनीप्रति सकारात्मक भए । तर, पौडेलसाग त्यस्तो लोकप्रिय रणनीति थिएन ।

२. सहयोगीको महत्त्वाकांक्षा व्यवस्थापनमा पौडेललाई झमेला
सुशीलको निधनपछि कार्यबाहक सभापति बने, तर संस्थापनका सबैले मान्ने नेता हुन सकेनन् । बरु, महाधिवेशनको मुखमा प्रकाशमान सिंह, कृष्ण सिटौला, सुजाता कोइरालाहरूले आफू नै संस्थापनको नेता भएको जिकिर गर्दै सभापतिमा उम्मेदवारी घोषणा गरे । उनीहरूको महत्त्वाकांक्षा व्यवस्थापनमै पौडेलले अन्तिमसम्म मिहिनेत गर्नुपर्‍यो ।

३. देउवाले संस्थापनका नेता ताने, पौडेलले सकेनन्
कार्यबाहक सभापति भइसकेपछि पनि पौडेलले संस्थापन पक्षका नेताहरूलाई जोगाउन सकेनन् । संस्थापनमै रहेका अर्जुननरसिंह केसी, कुलबहादुर गुरुङ, गोविन्दराज जोशी, लक्ष्मण घिमिरेदेखि फरमुल्लाह मन्सुरजस्ता नेताहरू देउवातिर लागेपछि पौडेल स्वतस् कमजोर भए ।

४. सिटौलाको उम्मेदवारी, मत र मनोविज्ञानको असर
संस्थापन पक्षकै कृष्ण सिटौला सभापतिमा विद्रोही उम्मेदवार बने । गिरिजाप्रसाददेखि सुशील कोइरालासम्मको सचिवालय चलाएर कार्यकर्तासम्म पहुँच बनाएका र युवानेता गगन थापाले समेत विश्वास गरेका सिटौलाले यथेष्ट मात्रामा पौडेललाई क्षति पुर्‍याए । सिटौलाले प्राप्त गरेको मतले मात्र होइन, उनको उम्मेदवारीले सिर्जना गरेको मनोविज्ञानले पनि पौडेललाई क्षति पुर्‍यायो ।

५. देउवा समूह एकजुट, पौडेलले समूहमै महत्त्व पाएनन्
देउवा समूहको पहिलो प्राथमिकता सभापतिमा देउवाको जित सुनिश्चित गर्नु थियो । सबै उम्मेदवारले सभापतिमा देउवाको प्रचार गर्दै आफ्ना लागि पनि मत मागे । तर, पौडेल समूहका नेताले सभापतिका लागि मत मागेनन्, आफ्ना लागि मात्र मागे । आफ्नै समूहका उम्मेदवारको पनि आस्था जुटाउन नसकेपछि उनी चुनावमा पछि परे ।

६. स्रोत र साधनमा पौडेल कमजोर, देउवा बलियो
आमदिनहरूमा पनि स्रोत जुटाउने र वितरण गर्नेमा देउवा पहिलेदेखि नै अगाडि छन् । महाधिवेशनका वेला पनि उनले कार्यकर्तालाई खुसी बनाउन सके । तर, पौडेल स्रोत जम्मा गर्ने र वितरण गर्नेमा पनि कमजोर देखिए ।

शशांकले जित्नुका ५ कारण
१. पारिवारिक विरासत
शशांक कांग्रेस संस्थापक बिपी कोइरालाका छोरा हुन्, चुनाव जित्न उनीसाग सबैभन्दा ठूलो योग्यता यही थियो । सुशीलको निधनपछि पनि पार्टी नेतृत्वमा कोइराला परिवारको सदस्य आउनुपर्ने धारणा भएका नेता कार्यकर्ताले उनलाई मत दिए ।
२. अनटेस्टेड
नेतादुईपटक सभासद् र अघिल्लो महाधिवेशनबाट केन्द्रीय सदस्य भए पनि शशांक कार्यकारी पदमा ‘टेस्ट’ नभएका नेता हुन् । सुशीलजस्ता बृद्ध र शान्त नेताले चलाएको कांग्रेस शशांकजस्ता युवाले पनि हााक्न सक्छन् भन्ने विश्वासमा उनलाई अघि बढाउन थालिएको हो ।

३. कोइराला एकढिक्का
पदाधिकारीमा शशांकसागै सुजाता र शेखर कोइरालाको पनि दाबी थियो । कोइराला परिवारभित्रै राम्रो सम्बन्ध थिएन । तर, शशांक महामन्त्रीको उम्मेदवार बन्ने पक्का भएपछि तीनैजना एकजुट भए । सुजाता र शेखरले ‘कोइराला परिवार एक छ’ भनेर मिडियामै बोले ।

४. अर्जुनलाई रुचाएनन्
अर्जुननरसिंह केसीलाई देउवा समूहकै अरू नेताहरूले रुचाएनन् । बरु, बिपीपुत्र शशांक महामन्त्रीमा जित्दा पार्टी एकढिक्का भएको सन्देशसहित देउवालाई पार्टी चलाउन सजिलो हुने उनीहरूको बुझाइ रह्यो । त्यही भएर देउवाको भन्दा केसीको भोट धेरै कम आयो ।

५. तानातानमा
शशांकसभापतिका उम्मेदवार देउवा र पौडेल दुवैका लागि महामन्त्रीमा पहिलो रोजाइ शशांक थिए । उनीहरूले शशांकलाई आफ्नो टिममा ल्याउन भरमग्दुर प्रयास पनि गरे । जसले गर्दा प्रतिनिधिहरूमाझ शशांक ‘ल्याउनुपर्ने नेता’ भएको सन्देश गयो, सागै राजनीतिक उचाइ बढ्यो ।