बीपी पुत्र शशांक काँग्रेस महामन्त्री, कोषाध्यक्षमा सीतादेवी ८ मतले बिजयी

Posted on: May 02, 2016 | views: 279

२५ फागुन, काठमाडौं ।
नेपाली काँग्रेसको महामन्त्रीमा बीपी कोइरालाका पुत्र शशांक कोइराला बिजयी भएका छन् ।

नेता अर्जुननरसिंह केसी र गगन थापालाई हराउँदै कोइराला महामन्त्रीमा बिजयी भएका हुन् ।

कोइरालाले १४ सय १७ मत प्राप्त गर्दा प्रतिद्धन्द्धि केसीले मात्र १ हजार १७ मत बनाए भने केसीका सहोदर ज्वाई थापाले केवल ५ सय ८४ मत बटुल्न सके ।

कोइराला रामचन्द्र पौडेलको प्यानलबाट महामन्त्रीमा उठेका थिए भने केसी शेरबहादुर देउवा र थापा कृष्ण प्रसाद सिटौला प्यानलबाट ।

यस्तै काँग्रेस कोषाध्यक्षमा सीतादेवी यादव बिजयी भएकी छिन् । उनले शेरबहादुर प्यानलकी सीतादेवी यादवलाई मात्र ८ मतले हराएकी हुन् ।

भारतमा जन्मेर नेपालमा बुहरी बनेर आएकी सितादेवीले १२ सय १७ मत पाएकी छिन् भने चित्रलेखाले १२ सय ९ मत पाएकी छिन् ।

यस्तै उमाकान्त चौधरीले ४ सय ५७ र कृष्णकुमार कार्कीले मात्र ६६ मत पाए ।