काँग्रेसद्धारा थ्रेस होल्ड राख्न माग गर्दै निर्वाचन संशोधन विधेयक दर्ता

Posted on: October 07, 2016 | views: 374

२० असोज, काठमाडौं ।
सरकारले संसदमा पेश गरेकोे निर्वाचन सम्बन्धी तीनओटै विधेयकमा नेपाली कांग्रेसले संशोधन दर्ता गराएको छ ।

नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा आज बसेको बैठकपछि सांसद राधेश्याम अधिकारीले राजनीतिक दलसम्बन्धी विधेयकमा तीन प्रतिशत थ्रेस होल्ड राख्नुपर्ने प्राबधानसहितको संशोधन दर्ता गराएको जानकारी दिनुभयो ।

सांसद अधिकारीले सरकारले दर्ता गरेको दल सम्बन्धी विधेयक, मतदाता नामावली सम्बन्धी विधेयक र निर्वाचन आयोगसम्बन्धी विधेयकमा विहिवार अन्य पार्टीहरुसँग पनि छलफल गरेको आज दलको बैठक बसेर दर्ता गराएको जानकारी दिनुभयो ।

सरकारले १८ गते व्यवस्थापिका संसदमा दर्ता गराएको विधेयकमा दलहरुले संशोधन हाल्ने आज अन्तिम मिति हो ।